"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सबिंधान उल्ट्याउने प्रयास भए सडकमा जाने प्रचण्डको चेतावनी

Khabar Raftar

भदौ १३ धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबिंधान उल्ट्याउने प्रयास भए सडकमा जाने चेतावनी दिएका छन । बर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर घमण्ड नगर्न चेतावनी दिदै प्रचण्डले सबिंधान उल्ट्याउने प्रयास भए सडकमा जाने चेतावनी दिएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कैलालीको धनगढीमा दुई दिने परामर्श बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारलाई चेतावनी दिदै यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले पार्टी भित्र कुनै समस्या नरहेको बताउदै सरकारका गलत क्रियाकलापका विरुद्ध सदन र सडकबाट कडा रुपमा प्रतिवाद गर्ने बताए ।
बुधबार र बिहिबार धनगढीमा सुदूरपश्चिम प्रदेशमा रहेका माओवादी केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीको सयुंक्त बैठक सम्पन्न भए पछि गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

१० जना पदाधिकारी सहित सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष पुष्पकमल दाहालले दुई दिनसम्म चलेको बैठकपछि धनगढीबाटै सरकारलाई सबिंधान उल्ट्याउने प्रयास नगर्न चेतावनी दिएका हुन् । अध्यक्ष दाहालले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न चेतावनी दिदै सरकारको सुरुवाती लक्षणनै राम्रो नदेखिएकाले गतल क्रियाकलापका बिरुद्ध सडकमा उत्रिन बाध्य हुने बताए ।

सरकार सबिंधान मिच्ने खालका गतिबिधिमा लाग्दै गएको बताउदै अध्यक्ष दाहालले“गणतन्त्र, धर्म निरपेक्षता, सघिंयता मओवादीको मात्रै भएको बताए ।
त्यसैले काग्रेंस एमालेको बर्तमान सरकारले यो परिवर्तन उल्ट्याउने प्रयास गरीरहेको बताउदै त्यसका विरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने बताए । सडकमा जानका लागी पनि तयार भएको बताउदै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरे त्यसका विरुद्ध सडकमा उत्रिने बताए ।
उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने बताउदै सरकारको गठन माफियाकै घरमा भएको बताए ।

नुनको सोझो गर्न सरकार माफियाकै इसारामा चलेको आरोप लगाउदै अध्यक्ष दाहालले सरकार जनता प्रति उत्तरदायी बन्न नसकेको बताए । पार्टी फुट्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताउदै उनले पार्टी फुट्ने हल्ला निराधार भएको बताए । पार्टी फुट्ने हल्लालाई खारेज गरिसकेको बताउदै उनले माओवादी घटकसंग एकता वार्ता चलेको जानकारी गराए । त्यसैगरी सुदूरपश्चिम प्रदेशको ससंदिय दलमा देखिएको बिवाद हल हुने गरी निर्णय गरेको पनि अध्यक्ष दाहालले बताएका छन् ।

पार्टी केन्द्रको निर्णय अनुसार खगराज भट्टलाई दलको नेता बनाउने निर्णय भएको उनले बताएका हुन । धनगढीमा सम्पन्न बैठकमा पार्टी नेतृत्व परिवर्तनको बिषयले समेत प्रवेश पाएको बताईएको छ । स्रोतका अनुसार जनार्दन सर्मा, ओनसरी घर्ती लगायतका नेताहरुले नेतृत्व परिवर्तन सम्बन्धी उठाएको बिषयले धनगढीको बैठकमा पनि प्रवेश पाएको हो । तर अध्यक्ष दाहालले हाल त्यसो कुनै बिषय नरहेको र सबै प्रदेशको सुझाव पछि केन्द्रिय समिति बैठक राखिने जानकारी गराए ।

बैठकमा अध्यक्ष (प्रचण्ड) सहित बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेलको सहभागीता रहेको थियो ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ