"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

विपन्न वर्गलाई नेपाल रेडक्रस सोसाइटीद्वारा आर्थिक सहयोग

Khabar Raftar

भदौ १३ धनगढी । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जलवायु प्रकृतिमा सामाधान तथा उत्थानशील जीविकोपार्जन कार्यक्रम अन्र्तगत कैलालीको गोदावरी नगरपालिका वडा नम्बरं ८ का विपन्न बर्गलाई आर्थिक सहयोग गरेको छ । बिहीबार नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले गरिबीको रेखा मुनि रहेका दलित, जनजाति लगायत आर्थिक स्थीती कमजोर भएका २० जना सदस्यहरुलाई आर्थिक सहयोग गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि नरेन्द्र भट्टले व्यवसायिक कृषि उत्पादन तथा अन्य क्रियाकलाप गरी जीवनस्तर उकास्नका लागि नेपाल रेडक्रस सोसाइटीले २० जना सदस्यहरुलाई नगद सहयोग गरेको जानकारी गराएका हुन । नेपाल रेडक्रस सोसाइटीले जीविकोपार्जन कार्यक्रम मार्फत स्थानीयलाई प्रति व्यक्ति ३० हजारका दरले बैङ्किङ प्रणाली मार्फत नगद सहयोग गरिएको उनले जानकारी गराए ।

व्यवसायिक क्रियाकलाप गर्दै गर्दा किस्ता सिस्टमबाट सुरुवाती समयमा ६० प्रतिशत र दोस्रो किस्ताको रूपमा ४० प्रतिशत दिइँदै गरेको रेडक्रस सोसाइटीका प्रतिनिधि नरेन्द्र भट्टले जानकारी गराए । धनगढी उमहानगरपालिकाको वडा नम्बरं १७ र १९ गोदावरी नगरपालीकाको वडा नम्बरे २ र ८ त्यसैगरी चुरे गाउँ पालिकाको माथिल्लो क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीको कार्यक्रम लागु भएको भट्टले जानकारी गराए ।

व्यवसायिक सुधार योजनाका लागि स्थानियको माग र संस्थाले गर्न सकिने क्रियाकलाप अनुसार छलफलबाट काम अगाडी बढाउने उनले जानकारी गराए । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले यस क्षेत्रमा बस्दै आएका न्युन स्तरका किसान नगरबासिहरुले पाएको सहयोग रकमबाट व्यवसायिक रुपमा केही लाभ लिन सहयोग पुग्ने बताएका छन् ।

यस ठाउँबाट उत्पादन गरेका तरकारी तथा फलफुललाई बजारीकरण गर्न पालिकाले सहयोग गर्ने समेत नगर प्रमुख भट्टले बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि वासुदेव बिनाडीको सभापतित्वमा सम्पन्न भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गोविन्द चौधरी, कार्यपालिका सदस्य चन्द्रा भूल, रेडक्रस सोसाइटीका अन्य प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस