"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

घरसंगै पहिरोले बगाएका बझाङका करनको सेती नदीबाट उद्धार

Khabar Raftar

भदौै १३ बझाङ । घरसंगै पहिरोले बगाएर सेती नदीमा पु¥याएका बबझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ परिङ्गाल मालुझाडका करन गिरीको उद्धार गरिएको छ । बुधबार राती १२ बजेको समयमा खसेको पहिरोले घरसंगै बगाएका गीरीको सेती नदीबाट उद्धार गरिएको हो । जस्ताले छाएको घरसँगै सेती नदीमा खेसेका गीरीले सुतेकै अबश्थामा सेती नदीमा पुगेपछि आफू र टिनले छाएको घर खसेको थाहा पाएको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सेती नदीको पानीमा डुबेको अबश्थामा एक हातले ढुङ्गामा समाउँदै उत्रिन सफल भएपछि उनले गुहार माग्न थालेको बताए । उनको गुहार भन्ने आवाज पारिपट्टी मालुमेलाबासी दिपेन्द्र खड्का, जया गिरी, हरिलाल भट्टराई, अर्जुन गिरीको कानमा परेपछि उनीहरु ब्युझिएर बाहिर निस्के ेपछि करनको सकुशल उद्धार गरिएको हो । नजिकै रहेको मालुमेला प्रहरी चौकी र स्थानीय सबै मिलेर उनको सकुशल उद्धार गरिएको हो ।

३६ वर्षीय करनको शरीरभरी चोट लागेकाले उनको अवस्था गम्भिर भएको बताइएको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको बताईएको छ । संयोगबस करनको श्रीमती धना गिरी र उनका चार छोराछोरी बाहिर भएकाले उनीहरुलाई केही नभएको बताईएको छ । उनकी श्रीमती धनाले आफु महिनावारी भएकाले तीन जना केटाकेटी सहित आफ्नो गाउँको पुरानो घरमा सुत्न गएको बताइन ।

श्रीमान सेतीमा खसेपछि गाउँलेले खबर गर्दा मात्रै घटनास्थल पुगेको उनले जानकारी गराईन । म महिनावारी नभएको भए हामी सबैको एकै चिहान हुने रहेछ उनले भनिन । एक छोरा इन्डिया भएको बताउदै उनले तीन जना केटाकेटी र आफु पुरानो घरमा सुत्न गएकाले भाग्यले बचाएको बताईन । टहरासँगै खाद्यान्न, लुगाकपडा, नगद ९ हजार र बालबालिकाका स्कुलका प्रमाणपत्र सबै बगेको उनले बताईन ।

भूकम्पले चर्काएको भए पनि बलियो चट्टान भन्दै बसिरहेका परिङ्गाल र मालुमेला बासी यो पहिरो पछि त्रसित भ्एका छन । करनका दाइ लक्ष्मीराज गिरीले बाउबाजेले यो ठाउँ बलियो भन्दै बस्दै आएको बताए । आजसम्म केही नभएको बताउदै उनले एक्कासि घटेको घटनाले चसक्क बनाएको बताए ।

अब गाउँ बग्न बेर नभएको बताउदै उनले पहिरो जान्छ भन्ने संकेत त्यहाँ परेका दराले देखाइरहेको बताए । बुधबार राति पहिरो गए पछि घटनास्थलमा मालुमेला प्रहरी चौकीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी