भदौ ०२ बाजुरा । जिल्ला अदालत बाजुरा २ महिना देखी न्यायाधीश विहीन भएकोे छ । अदालतमा कार्यरत न्यायाधिश लालकाजी श्रेष्ठ विदामा बसेपछि जिल्ला अदालत बाजुरा २ महिना देखी न्यायाधीश विहीन भएकोे हो । न्यायाधीश नहुँदा जिल्ला अदालत बाजुराको न्याय सम्पादन प्रभावित भएको छ । जिल्ला अदालत बाजुरामा १ जना न्ययाधिशको दरबन्दी रहेको छ ।
दरबन्दी अनुसार कार्यरत न्ययाधिश लालकाजी श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्यायसम्पदनका कामहरु प्रभावित भएका हुन् । जिल्ला बार एसोशियसन बाजुराका अध्यक्ष पुरबहादुर रावतले निमित्त श्रेष्तेदारले थुनक्षेक आदेश गरेका मुद्धाहरु न्ययाधिशले पुर्नबिचार गर्नु पर्ने पर्ने बताउदै न्ययाधिशले पुर्नविचार गरे मात्र पूर्वक्षका लागि थुनामा धरौटीमा छुट्ने पुनराबेदन गर्ने लगाएत अन्य प्रकृयामा जान पाईने बताए ।
न्ययाधिश नहुदा यस्ता थुप्रै मुद्धाहरु रोकिएको जानकारी गराउदै उनले फैसला प्रकृया अगाडी बढेर पेशीमा चढेका मुद्धा रोकिएर थप थुनामा बस्नु पर्ने बाध्याता भएको बताए । यस आर्थिक बर्षबाट स्वचालित पेशी प्रर्णाली सफ्टवेयरबाट मुद्धा तारिक प्रकृया सुरु भएको जानकारी गराउदै उनले न्ययाधिश नहुँदा मुद्धा पक्षले तारिक लगाउने काम भएको र अन्य प्रकृया अगाडी बढ्न नसकेको बताए ।
बर्षातको समयमा भौगोलिक रुपमा दुर्गम बाजुराका बाटोघाटो बन्द भएको बताउदै उनले तारिक लगाउन आउदा मुद्धा पक्षलाई समस्या भएको उनले बताए । दुई महिना देखी विदा लिएर विदेश भ्रमणमा रहेका न्ययाधिश लालकाजी श्रेष्ठ बिदेशबाट फर्कीय लगत्तै काठमाण्डौबाटै काज सरुवा भएको उनले जानकारी गराए ।
बाजुरामा न्ययाधिश आउने कुराको टुंगो नभएको बताउदै उनले बिभिन्न शिर्षक मुद्धाका पक्षसंग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्धा न्ययाधिश नहुँदा फैसला सर्दा समस्या भएको बताए । जिल्ला अदालत बाजुरामा आर्थिक बर्ष २०८०÷०८१ दुनियाबादी देवानी तर्फ पारिवारिक विवाद सम्बन्धि बिबाह सम्बन्धि १ थान उजुरीमा १ थान बाँकी, सम्बन्ध बिच्छेद सम्बन्धि ३४ थान मुद्धा मध्ये २४ थान फछ्यौट भए भने १० थान मुद्धा बाकी र अंशबण्डा सम्बन्धि ५ थान मुदा दर्ता भएकोमा २ थान मुद्धा फछ्यौट ३ थान मुद्धा बाकी रहेको उनले बताए ।
सम्पत्ति सम्बन्धि लेनदेन तर्फ ६ थान मुद्धा मध्ये ५ थान फछ्यौट भएका छन भने १ थान बाकी रहेको जानकारी गराउदै उनले जग्गा सम्बन्धि २ थान मुद्धा दर्ता भएकोमा २ थान फछ्यौट भएको बताए । उनका अनुसार अनुसुची १ अन्र्तगत सरकारी फौजदारी मुद्धा अन्र्तगत छुवाछूत तथा भेदभाव सम्बन्धि २ थान मुद्धा मध्ये १ थान फछ्यौट भएको छ भने १ थान बाकी रहेको छ ।
बहुविबाहका ११ थान मुद्धा मध्ये ४ थान फछ्यौट भएका छन भने ७ थान फछ्यौट हुन बाकी रहेका छन् । कर्तव्य ज्यान सम्बन्धि ६ थान मुद्धा दर्ता भएकोमा ३ थान फछ्यौट भएका छन भने ३ थान बाकी रहेका छन् । त्यस्तै गर्भपत सम्बन्धि २ थान मुद्धा दर्ता भएकोमा २ थान फछ्यौट हुन बाकी रहेका छन् ।
ज्यान मार्ने उद्योग सम्बन्धि १२ थान मुद्धा दर्ता भएकोमा ५ थान फछ्यौट भएका छन भने ७ थान मुद्धा बाँकी रहेका छन् । त्यसैगरी आत्मा हत्या दुरुत्साहन सम्बन्धि ५ थान मुद्धामा २ थान फछ्यौट भएका छन् भने ३ थान मुद्धा बाकी रहेका छन् । त्यसैगरी जवरजस्ती करणी सम्बन्धि १८ थान मुद्धा दर्ता भएकोमा ८ थान फछ्यौट भएका छन भने १० थान बाकी रहेका छन् ।
जवरजस्ती करणी उद्योग सम्बन्धि ३ थान मुद्धा मध्ये ३ थान फछ्यौट भएका छन भने १ थान बाँकी रहेको छ । इजलास सम्बन्धि कसुरमा साधारण चोरीमा २ थान मुद्धा दर्ता भएकोमा २ वटै फछ्यौट भएका छन् । नकवजनी चोरी सम्बन्धि २ थान मुद्धामा २ वटै फछ्यौट भएका छन् । अनुसुची १ मा उल्लेखित विशेष ऐन अन्तर्गगतका सरकारी फौजदारी मुद्धामा सवारी ज्यान वा अंगभंग वा घाईते भएको कसुरमा ६ थान मुद्धा दर्ता भएकोमा ४ थान फछ्यौट भएका छन भने २ थान बाँकी रहेका छन् । विविध कसुर सम्बन्धि ३ थान मुद्धामा ३ वटै बाकी रहेका छन् ।
लागु औषध हिरोईन सम्बन्धि १ थान मुद्धामा १ थान बाँकी रहेको छ । गाजा चरेश सम्बन्धि १ थान मुद्धामा १ थान फछ्यौट भएको छ । अनुसूची ४ अन्तर्गत दुनियाबादी फौजदारी तर्फ अनुसूची १,२, र ३ बाहेकका फौजदारी मुद्धा ७ थान रहेकामा ४ थान फछ्यौट भएका छन भने ३ थान बाँकी रहेका छन् ।
चेक अनादार तर्फ ६ थान मुद्धा दर्ता भएकोमा ३ थान फछ्यौट भएका छन भने ३ थान मुद्धा बाँकी रहेका छन । आर्थिक बर्ष ०८०÷०८१ मा कुल १ सय ४९ थान मुद्धा दर्ता भएकोमा ८० थान मुद्धा फछ्यौट भएका छन भने ६९ थान मुद्धा फछ्यौट हुन बाकी रहेको उनले जानकारी गराए ।