"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द

Khabar Raftar

साउन २२ धनगढी । सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको हो । पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमान सहित यातायात बन्द गरिएको हो ।

राति ८ बजे देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको हो । काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारी साधनहरू तीन दिन सञ्चालन नहुने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए ।

सार्वजनिक यातायात कम्पनीहरूको दैनिक तालिकामा समस्या आउने बताउदै सापकोटाले राति र दिउँसो सञ्चालन हुने सार्वजनिक सवारीका साधनहरू फरक–फरक भएको बताए ।

पहाडी जिल्लाहरूमा रात्रि सेवाका सार्वजनिक सवारीहरू दिउँसोको तुलनामा धेरै भएको बताउदै उनले दिउँसो मात्र सार्वजनिक सवारी सञ्चालन हुने भएपछि यात्रुलाई समेत समस्या हुने बताए । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमलाई मनसुनी वर्षा हुने भएकाले ‘रेड जोन’मा रखेको छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ