"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराका कृषकलाई ४ करोड ९० लाख २३ हजार अनुदान

Khabar Raftar

साउन २२ बाजुरा । कृषी ज्ञान केन्द्रले बाजुराका कृषकहरुलाई ४ करोड ९० लाख २३ हजार रकम अनुदान दिएको छ । आर्थिक बर्ष २०८०।०८१ मा कृषि ज्ञान केन्द्र बाजुराले कृषकहरुलाई विभिन्न ३४ वटा कार्यक्रम शीर्षक मार्फत कृषि कार्यका लागि ४ करोड ९० लाख २३ हजार रकम अनुदान दिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख भूमिराज उपाध्यायले कृषि ज्ञान केन्द्रले एक बर्षमा दिएको अनुदानबाट १२ हजार २ सय बढी कृषकहरु लाभान्वित भएको जानकारी गराए ।

हरेक बर्ष बाजुरामा ४ करोड देखी ६ करोड सम्म कृषि अनुदानमा खर्च हुने गरेको जानकारी गराउदै उनले उदेश्य अनुसारको क्रमिक रुपमा उपलब्धी भए पनि केही ब्यक्तीहरुले सित्तैमा अनुदान लिने परिपाटीले उदेश्य अनुसार उपलब्धी हुन नसकेको जानकारी गराए । मुख्य प्राथमिकतामा राखिएकोे फलफुल खेतीको उपलब्धी नदेखीएको समेत उनले जानकारी गराए ।

बाजुरामा अत्याधिक मात्रामा उत्पादन हुने स्याउ बाहेक अन्य फलफुल भने बाजुरामा नफस्टाएको उनले जानकारी गराए । बाजुरामा एकै जना व्बयापारीले बार्षिक २० देखी २५ लाख बराबरको फलफुल मात्रै ल्याउने गरेको पाईएको उनले जानकारी गराए । बाजुरामा सिजनमा स्याउ बाहेक अन्य फलफुलहरु सबै बाहिरबाटै ल्याउने गरेको ब्यापारीहरुले बताएका छन ।

स्याउ पनि भदौ, असोज सम्म मात्रै उपलब्ध हुने भएकोले अन्य समयमा बाहिरबाटै स्याउ लगायतका फलफुल ल्याउनुपर्ने बाध्यता रहेको बताईएको छ । बाजुरामा स्याउका लागि शितभण्डार मात्रै भईदिएको भए स्याउका लागि बाहिरको ल्याउन नपर्ने ब्यापारी धनमल रोकायाले बताए । बर्षे सिजनको तरकारीमा भने बाजुरा आत्मनिर्भर भएको बताईएको छ ।

आयुस्मा किराना तथा तरकारी पसलकी मिथिला सिहंले बर्षाका समयमा जिल्ला भित्रैको तरकारीहरु बिक्री वितरण हुने गरेको बताइन् । गाउँमा प्रसस्त तरकारी उत्पादन हुने भएकाले बर्षाको समयमा तरकारी बाहीरबाट आयात गर्न आवश्यक नरहेको उनले बताईन ।

हिउदको समयमा बाहिरबाट तरकारी आयात हुने गरेको सिहंले बताईन । बाजुराका नौ वटै स्थानीय तहका कृषकहरुका सहकारी, कृषि समूह तथा फर्महरुलाई कृषि उत्पादनमा वृद्धि गरेर आत्मनिर्भर बनाउने उदेश्य सहित अनुदान दिइएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख उपाध्यायले बताए ।

कृषकहरुलाई विभिन्न शिर्षक मार्फत जिल्लामा फलफूल खेतिलाई मुख्य प्राथमिकतामा राखेर अनुदान दिइएको निमित्त प्रमुख उपाध्यायले बताए । त्यस्तै कृषि ज्ञान केन्द्रले दिएको अनुदानबाट जिल्लाका विभिन्न पालिकाहरुमा २ सय ५६ हेक्टर क्षेत्रफलमा फलफूल खेति गरिएको उनले जानकारी गराए ।

त्यसैगरी २० वटा कृषक समूहलाई दिइएको अनुदानबाट ५ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेति गरिएको उनले जानकारी गराए ।

भर्खरै

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड
क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित
पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या
संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार
कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ
वरिष्ठ कलाकार बोगटीको निधन
संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो
जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने
कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै
कारागारमा सल्फास खाएर मृत्यु भएका दीपकको प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा

धेरै कमेन्ट गरिएको

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

samman-1

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khanepani-problem-1726717327

पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या

ganesh-nepali--1024x493

संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार

pakrau-1

कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ

dal-b-bogati-1

वरिष्ठ कलाकार बोगटीको निधन

FB_IMG_1726712182552

संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो

459463359_3920228938246470_888492081428447219_n

जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने