साउन २२ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बरं –३ नन्दगाउँमा दश शैयाको अस्पताल निर्माण भए पछि स्थानीय खुसी भएका छन । सङ्घीय सरकारको आर्थिक सहयोगबाट गाउँमै दश शैयाको अस्पताल निर्माण भए पछि स्थानीय खुसी भएका हुन् । ल्याब भिडियो एक्स–रे लगायतका विभिन्न सेवा लिनका लागि कैलालीको धनगढी जाने गरेका लालझाडी गाउँपालिका वडा नम्बर–३ का स्थानीय गाउमै अस्पताल निर्माण भए पछिी खुसी भएको स्थानीय अशोक रानाले बताए । गाउँमै दश शैयाको असपताल निर्माण भएपछि सबै सुविधा अस्पतालबाट पाउन सकिनेगरी ब्याबश्था गर्न सके सुनमा सुगन्ध हुने उनले बताए ।
गाउँमा सामान्य बिरामी हुँदा पनि उपचारका लागि बाहिर जानु पर्ने अबश्थामा गाउँमै स्वास्थ्य केन्द्र स्थापना हुँदा उपचारमा सहज भएको बताउदै उनले अहिले गाउँमा दश शैयाको ठुलो अस्पताल निर्माण भए पछि झनै सहज हुने बताए ।
अस्पताल समयमै सञ्चलानमा आए स्थानीयलाई उपचार गर्न थप सहज हुने रानाले बताए । त्यसैगरी लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले स्थानीयलाई गाउँमै राम्रो स्वास्थ्य सुविधा दिने उदेश्यले गाउँमै दश शैयाको अस्पताल निर्माण गरिएको बताए ।
सङ्घीय सरकारको ६ करोड पाँच लाख २ हजार ६ सय ५० रुपैयाँमा लालझाडी गाउँपालिका वडा नम्बरं –३ नन्दगाउँमा दश शैयाको अस्पताल निर्माण भएको उनले जानकारी गराए ।
२०७८ जेठ २७ गते सम्झौता भएर २०८० पुस २९ गते काम सम्पन्न भएको जानकारी गराउदै उनले अस्पताल निर्माणको सबै काम पुरा भएपछि केही महिना भित्र अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको प्रमखु प्रशासकीय अधिकृत सार्कीले जानकारी गराए ।