साउन २२ बैतडी । बैतडीमा महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । स्थानीय ४० बर्षीया महिलालाई जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी गराए ।
पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भए पछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी गराए ।
जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको उनले जानकारी गराए ।