साउन २२ धनगढी । धनगढी उपमहानगरपालिकामा र बेलौरी नगरपालीकामा भोलि सार्वजनिक बिदा दिइएको छ ।
धनगढी उपमहानगर र बेलौरी नगरपालीकाले सूचना जारी गर्दै बुधबार २३ गते सार्वजनिक बिदा दिइएको जानकारी गराइएको हो ।
श्रावण शुक्ल तृतीयाका दिन राना थारु समुदायले मनाउने तिज पर्वको अवसरमा राना थारु समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको धनगढी उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी कञ्चनपुरको बेलौरी नगरपालीकाले पनि भोलि साउन २३ गते स्थानीय बिदा दिइएको सूचना मार्फत जानकारी गराएको हो ।
राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तिज पर्वका अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको बेलौरी नगरपालीकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
Post Views: 33