साउन २२ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पाँचौँ बैठक भोलि बुधबार बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिएका छन ।
साउन पहिलो साता प्रदेश प्रमुख नजिर मियाँले सभाको विशेष अधिवेशन आह्वान गरेका थिए । तर, विशेष अधिवेशनमा अहिलेसम्म प्रदेशको समसामयिक विषयमा छलफल भने हुन सकेको छैन ।
यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले प्रदेश सभाबाट बजेट पारीत हुने अवस्था नभए पछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भए पनि असफल भएको थियो ।
अध्यादेशबाट बजेट ल्याउन रोक्न नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले विशेष अधिवेशन माग गरेका थिए ।
Post Views: 34