साउन ०३ कञ्चनपुर । गत साता कञ्चनपुरमा आएको बाढीले बेलाडाडीको गणेश माद्यामीक विद्यालयमा क्षति पुर्याएको छ । यही असार २३ र २४ गते परेको अविरल वर्षाले बेलडाडी भएर बग्ने चौधर नदीमा बाढी आउ“दा बेलडाडी गाउँपालिका वडा नम्बर–५ भुर्षास्थित गणेश माविको भौतिक संरचना र विद्यालयका अत्यावश्यक शैक्षिक कागजात लगायत शैक्षिक सामाग्रीमा क्षति पु¥याएको हो ।
महाकाली सिचाइको शिवनगर मेन नहर भत्काएर नदीको पानी विद्यालयमा पस्दा क्षती भएको हो । बाढीले विद्यालयको पर्खाल भत्काएर मैदानमा २ फिट भन्दा बढी बालुवा भरिएको छ । बाढीले विद्यालयभित्र फर्निचर, बोटबिरुवा, पुस्तकालय, ३ वटा ल्यापटप, ३ डेस्क टप, २ प्रिन्टर, साउन्ड बक्स, विज्ञान प्रयोगशालामा करिब १ करोड भन्दा बढीको क्षति भएको विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले जानकारी गराए ।
विद्यालयका केही महत्वपूर्ण कागत बाढीले बगाएको प्रधानाध्यापक थापाले बताए । अफिसभित्र करिब ५÷६ फिट भरिएको पानीले विद्यालयका महत्वपूर्ण कागजात बगानुकासाथै दराजमा भएका मात्र बचेको बताए । अहिले विद्यालयमा बर्खे बिदा भए पनि शिक्षकको दैनिकी विद्यालय सरसफाइ र भिजेका कागजात सुकाउनमै व्यस्त रहेको प्रधानाध्यापक थापाले बताए ।
डेस्कटप, ल्यापटप बगाउ“दा विद्यालयको दैनिक कामकाजमा समस्या आएको बताउदै उनले विद्यालयले स्थानीय र प्रदेश सरकारलाई क्षतिपूर्तिको लागि माग गरेको बताए । बर्खे बिदा सकिए पछि विद्यालायमा सरसामान नभएकाले पठन पाठनमा समस्या हुने उनले बताए ।
२०१७ सालमा भुर्षा र मोहनापुरको सिमानामा स्थापना भएको विद्यालय २०४५ सालमा महाकाली सिचाइ आयोजनाको शिवनगर मेन नहर बन्दा भुर्षामा सारिएको उनले जानकारी गराए । चौधर नदी नजिकै रहेको विद्यालयलाई नहरले बा“धको काम गर्दै बाढीबाट बचाउँदै आएको बताउदै उनले यस वर्ष नहर भत्किदा विद्यालयले क्षति व्यहर्नु परेको बताए ।
अझै पनि भत्केको नहर मर्मत नहु“दा विद्यालय बाढीको जोखिममा रहेको जानकारी गराउदै उनले सिचाइ कार्यालयले बजेट अभावको समस्या देखाउदै नहर मर्मत नगरेको बताए ।