साउन ०३ बैतडी । बैतडीका छ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका छन । जिल्ला विपद् व्यवस्थापन समितिले बैतडीका छ वटा स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेको जनाएको हो ।
मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउ“पालिका पहिराको उच्च जोखिम रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी गराए । सिगास गाउ“पालिका र दोगडाकेदार गाउ“पालिकामा बाढीको उच्च जोखिममा रहेको उनले जानकारी गराए ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार वटा स्थानीय तहमा पहिराको जोखिम मध्यम रहेको बताउदै उनले पाटन नगरपालिका, पञ्चेश्वर गाउ“पालिका, सिगास गाउ“पालिका र दोगडाकेदार गाउ“पालिकामा पहिराको जोखिम सामान्य रहेको बताए ।
पहिराको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी गराए ।
यस वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको बताउदै प्रमुख जिल्ला अधिकारी शर्माले विपदबाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको जानकारी गराए ।