असार ११ धनगढी । कैलालीको अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गराएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा कोठा भाडामा लिएर यौन धन्दा गराएको आरोपमा ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । गोदावरी नगरपालिका वडा नम्बर–१ बस्ने ६५ वर्षीया महिला, २८ वर्षीया महिला, वडा नम्बर ३ बस्ने ३७ वर्षीय पुरुष र गौरीगंगा नगरपालिका वडा नम्बर–१ बस्ने ३४ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 101