संघ र प्रदेश सरकारले बजेट ल्याई सके पछि अहिले पालीकाहरुले बजेट ल्याउन थालेका छन । पालीकाका उप प्रमुखहरुले बजेट सार्बजनीक गर्दै आएका छन । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका अधिकांस पालीकाहरुले बजेट घोषणा गरी सकेका छन । केही पालीका र पहाडी जिल्लाका पालीकाहरुमा बजेट प्रस्तुत गर्ने कार्य भई रहेका छन । नगर सभा र गाउ सभामा बजेट प्रस्तुत गरिने क्रम चली रहेको छ ।
बजेट जनमुखी र आत्म निर्भर हुन जरुरी छ । तर जनप्रतिनिधिहरुले आफु अनुकुल बजेट बनाउने गरेको आरोपहरु लाग्दै आएका छन । संघिय सदनमा होस अर्थात प्रदेश सभामा बजेट सम्बन्धी आलोचना हुदै आएका छन । नेता केन्द्रित, मन्त्री केन्द्रित बजेट बाडीएको आरोपहरु लाग्दै आएका छन । सुदूरपश्चिम प्रदेशमा पनि त्यस्ता आरोपहरु लाग्ने गरेका छन ।
आत्मनिर्भर भन्दा पनि मुख ताक्ने प्रवृत्तितिर बजेट केन्द्रित हुने गरेका आरोपहरु पनि लाग्ने गरेका छन । बजेट बनाउदा आफ्नो स्रोत परिचालनमा ध्यान दिन नसकेको देखिएको छ । राजनीतिक लाभ हेरेर टुक्रे योजनामा बजेट छर्ने गरेको पाईएको छ । प्रदेश सरकारहरुले संघबाट आउने अनुदानकै आशले प्रदेशलाई चलाउने सपना बुनेको देखिन्छ ।
जस्तोसुकै भए पनि समयमै बजेट खर्च गर्न नसक्ने स्थिति अहिले पनि देखिएकै छन । कमी–कमजोरीहरु रोक्नेगरी बजेट आउनु पर्नेमा त्यसो हुन सकेको छैन । प्रदेशहरु, स्थानीय पालीकाहरु आत्मनिर्भर बन्न सक्नेगरी बजेट बनाएर काम गर्ने आँट गर्न सकिएको छैन । प्रदेशले कृषि, पर्यटन, वन, स्थानीय मनोरञ्जन लगायत विभिन्न विषयमा कर उठाउन सक्ने भए पनि त्यतातीर प्रदेशहरुको ध्यान जान नसकेको अबश्था छ ।
प्रदेशले पूर्वतयारी भएका, दीर्घकालीन महत्वका आयोजना छनौट गर्नुको साटो तात्कालिक राजनीतिक लाभलाई हेरेर टुक्रे योजनामा बजेट विनियोजन गरेका छन । जसका कारण पूँजीगत खर्च हुन नसकेर बजेट फ्रिज हुने अबश्था रहेको छ । प्रदेशमा देखिएको राजनीतिक अस्थिरताका कारण बजेट पनि असर परेको देख्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिएका प्रदेश सरकारहरुले सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएकाले आगामी वर्षको बजेटबाट धेरै अपेक्षा गर्न सकिने देखिदैन । बजेटले बास्तविकता बुझेको हुनु पर्छ । समस्या र स्रोत साधनको उपयोगबारे बोलेको हुनु पर्छ ।
जनताका समस्याहरु बुझेर जनताका पक्षमा र देशका पक्षमा बजेट केन्द्रित हुन जरुरी छ । तर विडम्बना अहिलेका बजेटहरु नेतामुखी, कार्यकर्तामुखी, निर्बाचन क्षेत्रमुखी र मन्त्रीमुखी बन्दै गएकाले समस्या हुने गरेको छ । त्यसैले बजेट कसका लागी ? भन्ने प्रन खडा भएको छ । बजेट ब्याक्तिगत स्वार्थका लागी नभई देश र जनताका लागी हुन आश्यक छ ।