असार ११ काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीवार सम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षण, अंकभार प्रविष्ट र मिस म्याचको काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।
बोर्डको असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तालिका भए पनि नतिजा छिटो सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरिरहेको उनले बताए ।
Post Views: 63