भरत दास,असार १० धनगढी । सुदूरपश्चिमेली नेपाली समाज तामिलनाडु चेन्नैइले क्यान्सर पीडित लाई आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज तामिलनाडु चेन्नैइले डडेल्धुरा जिल्ला आलिताल गाउपालिका वडा नम्बर ५ गोलेथर निवाशी सकराम बिष्टको श्रीमती दुर्गा देबी बिष्टलाई २६ हजर सात सय उन्पचास रुपैयाँ सहयोग गरेको हो ।
तमिलनाडुको चेन्नईमा उपचारको क्रममा दुर्गा देवी बिष्टलाई क्यान्सर देखिएको र छोरा जनक बिष्टले सबै रकम उपचारमा खर्च गरिसक्दा पनि उनको रोग ठीक नभएकाले उपचारको लागी सहयोग होस भन्ने उदेश्यले सहयोग गरिएको हो ।
छोरा जनक बिस्टले धेरै रकमको आवस्यकता पर्ने भयकाले सहयोगको लागी सुदूरपशिमेली नेपाली समाज भारतलाई अपिल गरेकाले छलफल गरी अभियान चलायर सहयोग संकलन गरी सहयोग गरिएको अध्यक्ष इन्द्र बहादुर रोकायाले बताए ।
अभियानमा तामिलनाडु राज्य समितिका पदाधिकारी, केन्द्रिय पदाधिकारी लगायत समाज भन्दा बाहिरका मनकारी दाता समाजसेबीहरुले गरेको सहयोगलाई जम्मा गरेर सहयोग गरिएको उनले जानकारी गराए ।
सुदूरपश्चिम नेपाली समाज भारतका संस्थापक सदस्य ,तामिलनाडु राज्य संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रीय वरिष्ठ उपाध्यक्ष MB साउँद, केन्द्रिय सदस्य तथा दक्षिण भारत उप संयोजक भीम रसाइली, केन्द्रिय सदस्य तथा तामिलनाडु राज्य इन्चार्ज टेक ब खड्का,राज्य सचिब कृष्ण तिरुवा,केन्द्रिय कला संस्कृति बिभागका उप संयोजक टंक आउजी, राज्य सह कोसाध्यक्ष्य पदम थापा, सदस्यहरु, सुरेन्द्र बिक स्मृति, संगीता कठायत बिस्ट, भुपेन्द्र बिक, र बसन्त ताम्राकारको सयुक्त टोलिले आर्थिक सहयोग गरेको सुदूरपश्चिमेलि नेपाली समाज भारत का कोषाध्यक्ष पदम थापाले जानकारी गराए ।