असार ०९ धनगढी । यही असार ६ गते प्रहरी चौकी कनरी र जिल्ला प्रहरी कार्यालय बैलालीबाट खटिगएको संयुक्त प्रहरी टोलीले ०५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लिखित किर्ते मुद्धामा ५ महिना ८ दिन कैद सजाय भएका फरार प्रतिवादीहरु धनगढी उप–महानगरपालिका वडा नम्बर १५ उर्मा बस्ने ४० बर्षको राम कृष्ण राना र सोही ठाउ बस्ने ३० बर्षको राम अप्तार रानालाई पक्राउ गरिएको हो ।
त्यसैगरी पहरी नायव निरिक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ०७ देवरिया बस्ने सार्वजनिक मुद्धाको २ हजार जरीवाना तोकीएका ३० बर्षका प्रकाश खडायत, ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिगएको प्रहरी टोलीले लागु औषध (खैरो हिरोइन) मुद्दामा १ महिना कैद सजाय भएको गोदावरी नगरपालिका वडा नम्बर ०५ गेटा बस्ने २५ बर्षको हरी कुमार खुनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटि गएको प्रहरी टोलीले लागु औषध (खैरो हेरोईन) मुद्दामा १ महिना १५ दिन कैद तोकी फरार रहेका प्रतिवादी टीकापुर नगरपालिका वडा नम्बर ०३ शंकरपुर बस्ने ३४ बर्षको रामसेवक चौधरी गरी जम्मा ०५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई उनीहरुकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको हो ।