जेठ ३२ कञ्चनपुर । अतिसङ्कटापन्न खरमजुर संरक्षणका लागि स्थानीयस्तरमा सचेतना फैलाउन थालिएको छ । दुर्लभ खरमजुरको अनुगमन सहित संरक्षणका लागि ज्ञान फैलाउने उद्देश्यले कञ्चनपुरको दक्षिणी क्षेत्रमा सचेतनामूलक कार्यक्रम गर्न थालिएको हो ।
चराविद् हिरूलाल डङ्गौराले विगतमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै खरमजुर बस्ने गरेको तथ्याङ्क रहेको बताउदै नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले सन् २०१४ ÷ २०१५ मा गरेको अध्ययनले प्रजनन नगर्ने मौसममा खरमजुर बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीका खेतबारी र दोदा नदी किनारको घाँसे मैदानमा आउने गरेको तथ्य पुष्टि गरेको बताए ।
जाडोयाममा दुर्लभ खरमजुर निकुञ्जबाहिर रहेको कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित विभिन्न ठाउँमा पुग्ने गरेकाले सो क्षेत्रमा संरक्षण सचेतना फैलाउने कार्य भइरहेको चराविद् डङ्गौराले बताए ।
Post Views: 96