"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा ७९ हजार मेट्रिक टन बढी आलु उत्पादन

Khabar Raftar

जेठ ३२ धनगढी । कैलालीमा यस वर्ष ७९ हजार ३ सय ८५ मेट्र्कि टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ५ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा ७९ हजार ३ सय ८५ मेट्रिक टन आलु उत्पादन भएको हो । यस वर्ष हिउँदे आलु ४ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ७२ हजार १ सय ३० मेट्रिक टन उत्पादन भएको छ भने वर्षे आलु ६ सय ८५ हेक्टर क्षेत्रफलमा लगाइएकोमा ७ हजार २ सय ५५ मेट्र्कि टन उत्पादन भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गत वर्षको तुलनामा यो वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा ७५ हजार २० मेट्रिक टन आलु उत्पादन भएको थियो । जुन यो वर्ष भन्दा ४ हजार ३ सय ६५ मेट्रिक टनले कम हो । गत वर्ष हिउँदे आलु ६७ हजार ७ सय ६० मेट्रिक टन र वर्षे आलु ७ हजार २ सय ६० मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष आलुको उत्पादनसँगै खेती गरिने क्षेत्रफलमा पनि वृद्धि भएको पाइएको छ ।

गत वर्ष ५ हजार २ सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा यस वर्ष ५ हजार २ सय ६५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । यस वर्ष आलुखेती गरिएको क्षेत्रफल ६५ हेक्टरले बढी देखिएको छ । गत वर्ष हिउँदे आलु ४ हजार ५ सय १२ हेक्टर क्षेत्रफलमा लगाइएको थियो भने वर्षे आलु ६ सय ८८ हेक्टर क्षेत्रफलमा लगाइएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष हिउँदमा कुहिरो कम लाग्दा पनि आलु उत्पादनमा वृद्धि भएको बताए ।

यस वर्ष मौसमले साथ दिएको बताउदै उनले हिउँदमा कुहिरो पनि कम लागेको बताए । गोदावरीतिरका किसानहरुले पनि आलुखेती गरिरहेको बताउदै उनले यस वर्ष आलु लाउने किसान पनि बढेको बताए । सूचना अधिकारी जोशीका अनुसार बढीजसो कैलालीको घोडाघोडी नगरपालिकाका किसानहरुले आलुखेती गर्ने गरेका छन् । त्यसपछि गोदावरी, गौरीगंगा अनि लम्कीचुहा र टीकापुरका किसानहरुले पनि आलुखेती गर्ने गरेका छन्, । कैलालीमा उत्पादित आलु बुटवल पठाइने गरेको सूचना अधिकारी जोशीले बताए ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ