"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बझाङको जयपृथ्वी नगरपालीकाद्वारा बाख्रा किन्न र खोर निर्माण गर्न ३२ लाख वितरण

Khabar Raftar

जेठ ३२ बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नाफा कमाउने उद्देश्यले खोलिएका संस्थाहरुलाई बाख्रा किन्न र खोर निर्माण गर्न भनेर १४ लाख २२ हजार रुपैयाँ वितरण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ मा वितरणमुखि खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार निर्माण कार्यमा खर्च गर्नेपर्ने उल्लेख गरिएको भए पनि नगरपालिकाले विभिन्न नाफामुलक संस्थाहरुलाई अनुदानको रुपमा बाख्रा किन्न र खोर निर्माण गर्न भनेर १४ लाख २२ हजार रुपैयाँ वितरण गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

वडा नम्बर ६ मा रहेको मष्टा बहुउद्देश्यीय कृषि फर्मको तारबार गर्न २ लाख, आमधारा नौरा कृषि सहकारी संस्थालाई फर्निचर, प्यापटप र घरभाडा तिर्न २ लाख ५० हजार, वडा नम्बर १० मा रहेको सुर्मादेवी मसला उद्योगमा मेसिन खरिद गर्न एक लाख र जय मष्टा दुग्ध संकलन केन्द्रमा डिफ्रिज तथा काउण्टर बनाउन चार लाख रुपैयाँ अनुदानको रुपमा नगरपालीकाले उपलब्ध गराएको छ । नाफा कमाउने उद्देश्यले खुलेका संघसंस्थालाई जयपृथ्वी नगरपालिकाले ऐन विपरीत राज्यकोषको दुरुपयोग हुने गरी रकम वितरण गरेको पाईएको हो ।

वडा नम्बर ४ मा रहेको सानेमाझ घेरावार तथा बाख्रा फर्मको बाख्रा खोर निर्माण गर्न समेत नगरपालिकाले १० लाख रुपैयाँ अनुदानको रुपमा रकम वितरण गरेको पाइएको छ । वडा नम्बर ११ मा रहेको लागादेब बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार, गुरासे बहुउद्देश्यीय कृषि फर्मको खोर बनाउन ३० हजार, उत्तम बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ५० हजार, वडा नम्बर ७ मा रहेको मष्टा बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार रुपैयाँ अनुदानको रुपमा रकम वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर ६ मा रहेको वाहुनी धलपुरा पशुपन्छी फर्मको खोर निर्माण गर्न ७० हजार, आरती बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ३० हजार, निरज एण्ड आदित्य बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ५० हजार, बाबै बहुउद्देश्यीय कृषि फर्मलाई बाख्रा खरिद गर्न ३० हजार, देउपानी बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार र रामलाल जोशीलाई खोर निर्माण गर्न ७० हजार रुपैयाँ अनुदानको रुपमा रकम वितरण गरिएको छ ।

त्यसैगरी मिस्तेन बहुउद्देश्यीय कृषि फर्मको खोर निर्माण गर्न ७० हजार, जे एन ए कृषि तथा पशुपालन फर्मको खोर सुधार गर्न ५० हजार र सुर्यदेवी महिला बहुउद्देश्यीय सहकारीलाई बाख्रा खरिद गर्न ६ लाख २५ हजार रुपैयाँ वितरण गरिएको छ । नगरपाकिाले नाफामुलक संस्था, व्यक्ति र व्यक्तिगत फर्मलाई खोर बनाउन र बाख्रा किन्न लगायत गरेर ३२ लाख ३५ हजार रुपैयाँ वितरण गरेको पाईएको हो ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ