जेठ २६ चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले चितवनको माडीमा रहेको जन कम्युनको अवलोकन गरेका छन । शनिबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चितवनको माडी पुगेर जन कम्युनको अवलोकन गरेका हुन् । चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युनको महासचिव विप्लव अवलोकन गरेका हुन ।
आफ्नो सचिवालय टिमसहित शनिवार चितवन पुगेका महा सचिव विप्लवले चितवनको माडीमा २० विघा क्षेत्रफलमा गरेको कृषीको अवलोकन गरेका हुन । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन विभाग गठन गरी पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी दिएको छ । नेकपाले देशैभर कृषी कार्यमा नेता कार्यकर्ताहरुलाई लगाएको छ ।
चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिँचाइका लागि आधुनिक बोरिङ गाडिएको नेकपाले जनाएको छ ।