प्रविधिको विकासले फडको मार्दै आएको छ । मासनसले घण्टौ लगाएर गर्ने काम आज विज्ञान र प्रविधिको प्रयोगगले क्षणभरमै गर्न सकिने भएको छ । हरेक काम मेहीनबाट हुन थाले पछि मान्छेहरुलाई सहज भएको छ । हिजो दिनभरी लगाएर कोदालोले खन्नु पर्ने जमीन आज ट्याक्टरको सहयोगले क्षणभरमै गर्न सकिने भएको छ ।
हाते मुसलले धान कुटेर चामल बनाउने अबश्थामा मीलको विकासले सहहहज बनाएको छ । गोरुले जोत्ने खेतहरु टयाक्टरले जोत्न थालीएको छ । रोपाहा लगाएर रोपीने धान मेशीनले रोप्न थालीएको छ । खताला लगाएर काटीने गहुँ मेशीनले काट्ने गरिएको छ । त्यसैगरी अन्य कामहरु पनि मेशीनबाटै हुन थालेका छन । आधुनिक तरिकाले खेती गर्न आधुनिक कृषी औजारहरुको विकासले किसानहरुलाई सहज भएको छ । जसका कारण लागत खर्च घटेर उत्पादनमा वृद्धि हुन थालेको छ ।
किसानको आयस्तरमा वृद्धि भएको छ । यो सकारात्मक पाटो हो । तर अर्का तर्फ बास्तविक मज्दुरहरुले काम नपाउने अबश्था पनि सृजना भएको छ । काम नपाए पछि दिनभरी मेहनेत गर्ने श्रमीक मज्दुर समुदाय सबै भन्दा बढी समस्यामा परेको छ । उनीहरुको पेटपाल्ने माध्याम बन्द भएको छ । आधुनिक प्रविधिको प्रयोग बढे पछि मान्छेहरुले काम गर्न समेत छाडेका छन । जसका कारण उनीहरु विभिन्न रोगका शिकार पनि बन्दै गएका छन ।
बास्तवमा मान्छेले गर्ने काम मेशिनले गर्न थाले पछि मान्छे अल्छी बन्ने नै भयो । किसानले खर्च गर्ने श्रम पसिना पनि कम हुदै गएको छ । आधुनिक तरिकाले आधुनिक औजारहरुको प्रयोग गरी गरिने कार्य आफैमा महत्वपूर्ण कार्य हो तर हामी आफैले पनि विभिन्न क्षेत्रमा श्रम गर्न आवश्यक छ ।
श्रमले शारिरिक रुपमा स्वश्थ र अर्थिक रुपले पोख्त बनाउने भएकाले प्रविधीसंगै हामीले पनि श्रमसंग जोडीन आजको आवश्यकता हो । मेशिनको विकल्पका रुपमा मात्र परम्परागत रुपमा हामी श्रमसंग जोडीन जरुरी छ । प्रविधिको विकासले जनजीवन सहज बनाएको भए पनि शारिरिक रुपमा कमजो र रोगी बनाउदै गएको कुरा ध्यानमा राखेर श्रम गरेर जीवनलाई जीबन्त बनाउन जरुरी छ ।