"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गोदावरी नगरपालिकामा दरबन्दीका स्वास्थ्यकर्मीहरुले ७ महिना देखि तलब पाएनन

Khabar Raftar

जेठ २४ धनगढी । कैलालीको गोदावरी नगरपालिकामा कार्यरत दरबन्दीका स्वास्थ्यकर्मीहरुले ७ महिना देखि तलब पाएका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा लगायत मालाखेती अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले कार्तिक महिना यताको तलब नपाएका हुन । संघ र स्थानीय सरकारको चेपुवामा परेका स्वास्थ्यकर्मीहरुले ७ महिना सम्म तलब नपाए पछि दैनिकी चलाउन समस्या हुने गरेको उनीहरुले गुनासो गरेका छन । तिनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको चर्को भाषण गर्दै आए पनि व्यवहारमा देख्न सकिएको छैन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गोदावरीमा कार्यरत दरबन्दीका ९० जना भन्दा बढी स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन् । संघ सरकारले स्वास्थ्यकर्मीका लागि नियमित पाउनु पर्ने तलब पठाएको छैन भने नगरपालिकाले पनि पस्वास्थ्यकर्मीलाई आफू मातहतका स्वास्थ्य संस्थामा खटाएर नियमित सेवा सुविधा दिने उत्तरदायित्व बहन गर्न सकेको छैन । देशै भरी स्वास्थ्यकर्मीले नियमित तलब पाउन नसकेको गुनासो आईरहेको अबश्थामा गोदावरीमा व्यवस्थापकीय पक्ष फितलो हुँदा झन् बढी समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन । नाम नखुलाउने सर्तमा एक जना स्वास्थ्यकर्मीले ७ महिना सम्म तलब नपाएर काम गर्नुपर्दाको पीडा असहिय भएको बताए ।

आफै बिरामी हुँदा औषधी किन्न नसकेर रोग पालेर बस्नु परेको पीडा सुनाउदै उनले कसरी बिरामीको उपचार गर्ने भनेर प्रश्न गरे । उनले समस्या जसरी आएको भए पनि नगरपालिका मातहतमा काम गरेपछि नगरले तलब दिने उत्तरदायित्व वहन गर्नु पर्ने बताए । नगरपालिकाले चाहेको खण्डमा सोध भर्ना गर्ने गरी पनि तलब दिन सक्ने उनले बताए । काम गरेकै छन् चलेकै छ भनेर बेवास्ता गरेको बताउदै उनले विरोध गरे नगरबाट झन् कर्मचारीलाई दुःख दिने काम हुने गरेको दुखेसो पोखे । गोदावरीमा हाल स्वीकृत दरबन्दी, फाजिल र करारका स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । हाल करारका स्वास्थ्यकर्मीले नियमित तलब पाए पनि दरबन्दी र फाजिलका कर्मचारीले तलब पाएका छैनन् । करारका स्वास्थ्यकर्मीले नगरको आन्तरिक स्रोतबाट तलब पाउँदै आएका छन् ।

स्वीकृत दरबन्दीका स्वास्थ्यकर्मीका लागि संघ सरकारले बजेट पठाउने गरेकोमा त्यही रकम फाजिलका स्वास्थ्यकर्मीको तलबका लागि पनि वितरण गरिँदै आएको छ । जसका कारण चालु आर्थिक वर्षमा संघबाट आएको रकम कार्तिक महिनामै सकिएको थियो । हाल नगरमा ३९ जना फाजिल स्वास्थ्यकर्मी रहेका छन् । यद्यपि फाजिलका स्वास्थ्यकर्मीले कोरोना महामारीको समयमा नगरबाट सेवा सुविधा दिने गरी भएको दोहोरो सम्झौतामा आएको बताउँदै आएका छन् । चालु आर्थिक वर्षमा संघ सरकारले फाजिलका स्वास्थ्यकर्मीका लागि तलब पठाउन बन्द गरेको छ भने नगरपालिकाले पनि तलब दिन नसकिने भन्दै पन्छिएको छ ।

स्वास्थ्य मन्त्रालयले नगरपालिकालाई समायोजन÷समायोजन मिलान÷कामकाज गर्ने भनि आएका कर्मचारीहरूलाई नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न पत्र पठाएको थियो । नगरपालिकाले फाजिलका कर्मचारीलाई आफ्नो व्यवस्था आफै गर्न नगरको कार्यपालिका बैठकबाट निर्णय भएर नगर सभाबाट समेत अनुमोदन भएको जवाफ पठाएको थियो । संघ र स्थानीय सरकार दायित्वबाट पन्छिए पछि फाजिलका कर्मचारीले अदालतमा मुद्दा समेत दायर गरे पनि त्यसको सुनुवाइ हुन सकेको छैन ।

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले स्वीकृत दरबन्दीका लागि संघ सरकारले पठाउनु पर्ने रकममा १ करोड १३ लाख कम पठाएकाले कार्तिक महिनामै रकम सकिएको बताए । उनले गोदावरीमा स्वीकृत दरबन्दीका ५५ जना स्वास्थ्यकर्मीले कार्तिक सम्म र फाजिलका ३९ जनाले असोज सम्मको मात्रै तलब पाएको बताए । उनले संघमा तलबको लागि पटक पटक माग गरे पनि सुनुवाइ नभएको बताए । हामीले बजेटका लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाउँछौ, उताबाट बजेट आउँदैन । यता स्थानीय सरकारले हामी खुवाउन सक्दैनौ भन्छ उनले भने । तलब अनिवार्य दायित्व भए पनि बेवास्ता गरिएको छ ।

स्वास्थ्यकर्मीलाई नियमित तलब खुवाउन नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाएर सोध भर्ना गर्न सक्ने भए पनि त्यसका लागि बजेट अभाव रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले बताए । उनले स्वास्थ्यका कर्मचारीलाई असोज यताको तलब खुवाउन मात्रै ४ करोड बढी रकम आवश्यक पर्ने भएकाले त्यसका लागि नगरबाटै पनि सोध भर्ना हुने गरी खुवाउन सकिन्छ या सकिँदैन भनेर कार्यपालिका बैठक बसेर छलफल गर्ने बताए । तलबका लागि संघ सरकारसँग पटक पटक कुरा गर्दा हुन्छ हुन्छ भन्ने आश्वासन मात्रै पाइएको बताउदै उनले तलब जसरी पनि खुवाउनु पर्ने भएकाले त्यसका लागि छलफल गरेर निर्णय गर्ने बताए ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता