"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बालबालिकालाई काठमाडौं लैजादै गरेका एक जना सुर्खेतबाट पक्राउ

Khabar Raftar

जेठ २२ काठमाडौं । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेका एक जनालाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सोमबार राति १२ बजे वीरेन्द्र नगरस्थित तीनकुने चोकबाट २८ जना बालबालिका सहित नाम्गेल छिरिङलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवास सहितको शिक्षा दिने भनेर लैजान लागेको छिरिङले बयान दिएको सुर्खेत प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

ती बालबालिकालाई बाबुआमाकै आग्रहमा आफूले काठमाडौं लैजान लागेको छिरिङले बताएको एसपी खड्काले जानकारी दिए । काठमाडौंको कुन शिक्षालयमा अध्ययनका लागि लैजान लागेको भन्ने कुराचाहिँ नखुलेको उनले बताए । खड्काका अनुसार धेरैजसो बालबालिकालाई सम्बन्धित वडा कार्यालयले सिफारिस पनि बनाइ दिएको उनले जानकारी गराए । बालबालिका कुन पालिका र कति नम्बर वडाका हुन् भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन ।

यस विषयमा थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी गराएका छन । उनका अनुसार राति नियन्त्रणमा लिईएका बालबालिकालाई तत्काल व्यवस्थापनको लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मा लगाइएको थियो । तत्काल हामीले बालबालिकाको व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालयको जिम्मा दिएका छौं, साथमा लिन लागेका व्यक्तिलाई नियन्त्रणमै राखेका छौं, एसपी खड्काले भने ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनीता ज्ञवालीले ती बालबालिकालाई आ–आफ्नो घरमा फिर्ता गरिने बताइन् । उनका अनुसार २८ जना मध्ये १२ जना बालक छन् भने १६ जना बालिका छन् । सम्बन्धित निकायसँगको सहकार्यमा बालबालिकाको खाना र आवासको व्यवस्थापन गरिएको उनले जानकारी गराईन ।

प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्दैछ, हामीले समन्वय गरेर तत्काल सुर्खेत बस्न व्यवस्थापन गरेका छौं, उनले भनिन् । कानुनी रुपमा बालबालिकालाई यत्तिकै कसैसँग छोड्न नमिल्ने बताउदै उनले घर फर्काउनु पर्ने बताईन ।

भर्खरै

नीजि विद्यालयलाई नियमन गरौ
मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ
मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ

धेरै कमेन्ट गरिएको

नीजि विद्यालयलाई नियमन गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

cropped-cropped-khabar-raftar-2.png

मानव स्वाश्थ्यसंग खेल्बाड गर्नेलाई कारबाही गरौ

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने