"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालबालिकालाई काठमाडौं लैजादै गरेका एक जना सुर्खेतबाट पक्राउ

No data was found

Khabar Raftar

जेठ २२ काठमाडौं । मुगु र हुम्लाका २८ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेका एक जनालाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सोमबार राति १२ बजे वीरेन्द्र नगरस्थित तीनकुने चोकबाट २८ जना बालबालिका सहित नाम्गेल छिरिङलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई काठमाडौंमा आवास सहितको शिक्षा दिने भनेर लैजान लागेको छिरिङले बयान दिएको सुर्खेत प्रहरी प्रमुख एसपी रुपेश खड्काले जानकारी दिए ।

ती बालबालिकालाई बाबुआमाकै आग्रहमा आफूले काठमाडौं लैजान लागेको छिरिङले बताएको एसपी खड्काले जानकारी दिए । काठमाडौंको कुन शिक्षालयमा अध्ययनका लागि लैजान लागेको भन्ने कुराचाहिँ नखुलेको उनले बताए । खड्काका अनुसार धेरैजसो बालबालिकालाई सम्बन्धित वडा कार्यालयले सिफारिस पनि बनाइ दिएको उनले जानकारी गराए । बालबालिका कुन पालिका र कति नम्बर वडाका हुन् भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन ।

यस विषयमा थप अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी गराएका छन । उनका अनुसार राति नियन्त्रणमा लिईएका बालबालिकालाई तत्काल व्यवस्थापनको लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मा लगाइएको थियो । तत्काल हामीले बालबालिकाको व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालयको जिम्मा दिएका छौं, साथमा लिन लागेका व्यक्तिलाई नियन्त्रणमै राखेका छौं, एसपी खड्काले भने ।

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख अनीता ज्ञवालीले ती बालबालिकालाई आ–आफ्नो घरमा फिर्ता गरिने बताइन् । उनका अनुसार २८ जना मध्ये १२ जना बालक छन् भने १६ जना बालिका छन् । सम्बन्धित निकायसँगको सहकार्यमा बालबालिकाको खाना र आवासको व्यवस्थापन गरिएको उनले जानकारी गराईन ।

प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्दैछ, हामीले समन्वय गरेर तत्काल सुर्खेत बस्न व्यवस्थापन गरेका छौं, उनले भनिन् । कानुनी रुपमा बालबालिकालाई यत्तिकै कसैसँग छोड्न नमिल्ने बताउदै उनले घर फर्काउनु पर्ने बताईन ।

भर्खरै

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह
सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति
झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै
कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ
कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक
सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन
बझाङमा पहिलो दिन जिल्ला भरी १ हजार ४ सय ९७ जना किशोरीहरूले एचपीभी खोप लगाए
जनतालाई लोकतन्त्रको आभाष दिलाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

3dfda76b-dbcc-4552-b82b-a9d3cb850467

निशुल्क स्वाश्थ्य, शिक्षा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा हो ः बालेन शाह

seti

सात वर्ष देखि कागजमै सिमित, सेती अस्पतालको सहमति

1569924424jhulaghat_pul_iRWwQNXJcW

झुलाघाट मोटरेबल पुल ः जहिले पनि चुनावी एजेण्डा बन्दै

4f3c25d5-7547-4a80-a6e4-b3883a9f5db2

कैलालीबाट लागू औषध सहित ७ जना पक्राउ

dd67d801-c1cc-41a5-9e25-b0fbcfebf629

कैलालीमा मत खसाल्ने तरिका सिकाउँदै स्वयंसेवक

59b3bb9f-6df6-4010-b49c-2276c6109907

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

c016550e-fbc1-437f-a759-8119de0f3620

अध्यक्ष बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

cd03b2f6-2a2c-442d-a1d7-7d8a492a71bf

बैतडीमा अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन