जेठ २१ अछाम । अछाममा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । अछामको साँफेबगरबाट मंगलसेन जाँदै गरेको से १ ज ६५४ नम्बरको जिप साँफेबगर नगरपालिका वडा नम्बर–८ चण्डिका जमाल गाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका ५ जनालाई सामान्य उपचार पछि डिस्चार्ज गरिएको र एक जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
Post Views: 63