जेठ २१ धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिह रावलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका कारण सरकारमा सहभागी नभएको बताएका छन । सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा सार्वजनिक गर्न सोमबार एमाले प्रदेश संसदीय दलले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिह रावलले माधव नेपालका कारण सरकारमा सहभागी नभएको बताएका हुन ।
रावलले एकीकृत समाजवादीका अध्यक्ष नेपालको भूमिकाका कारण सरकारमा सहभागी हुन नसकेको बताएका हुन् । माधव नेपाल खुट्टा उचालिरहेका छन् । हामी सरकारमा जाने तयारी ठिक्क परेका बेला उता फेरी खुट्टा उचालिहाल्नु हुन्छ,रावलले भने, उहाँले खुट्टा उचाल्न छाडेर सच्चिएको दिन मात्र हामी सरकारमा जान्छौँ । उहाँ सच्चिए पछि दुई मिनेट लाग्दैन एक छिनमै मन्त्री बन्छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले समेत एमालेलाई सरकारमा सहभागी गराउन कुनै भूमिका नखेलको उनले बतँए ।
प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम भने राम्रो भएको बताउँदै रावलले सोही अनुसार बजेट आउनेमा विश्वास व्यक्त गरेका छन् । एमालेले दिएको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम आएको बताउदै रावलले कार्यान्वयनको पक्ष बलियो बनाउनु पर्ने बताए । एमालेकै सुझावका आधारमा ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयन नभएको अवस्थामा भने सरकारमा नबस्ने उनले चेतावनी दिएका छन् ।
नीति तथा कार्यक्रमकै आधारमा अगामी वर्षको बजेट ल्याउनु बताउदै रावलले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरू हाबी भएको बताए । उनले बिचौलियाको मागका आधारमा नभएर जनताको माग र आवश्यकतालााई ध्यानमा राखेर बजेट ल्याउनु पर्ने बताउदै उनले बिचौलिया नियन्त्रण गर्न सरकारी संयन्त्रको परिचालन गरिनु पर्ने बताए ।