नेपालमा गर्मी बढ्दै गएको छ । गर्मी बढ्दै जानु र नेपाल विद्युत प्राधीकरणले विधुती कटौती गर्नुले नेपाली जनताहरु समस्यामा परेका छन । बत्तीचाहीने बेला अनावश्यक रुपमा बत्ती कटौती हुने गरेको छ । किन गरिन्छ अथवा बत्ती किन जान्छ भन्न्े कुरा जनताले जान्न समेत पाउदैनन । विद्युत कार्यालयको फोन कहिल्यै उठदैन ।
जहा सम्म विजि हुन्छ लागीहाले पनि उठ्दैन । यो विद्युत प्राधीकरणको सबै भन्दा ठुलो कमजोरी हो । नेपाल विद्युत प्राधीकरणको धनगढी शाखाको मनोमानी विद्युत कटौतीमा बढी नै हुने गरेको देखिन्छ । गर्मीको समयमा बत्ती नहुँदा टोलबासी रातीको समयमा कार्यालयमै पुग्दा पनि नेपाल विद्युत प्राधीकरणले नटेरेको अबश्था छ ।
विद्युत् आपूर्ति नियमित नगर्ने तर सेवाग्राहीले शुल्क तिर्न विलम्ब गर्दा लाईन काट्ने, २५ प्रीतशत जरीबाना तीराउने विद्युत प्राधीकरणले सहज रुपमा विद्युत आपुर्ती गर्नु पर्छकी पर्दैन । कुलमान घिसीङले लोडसेडिङमुक्त देश बनाउदा अहिले किन फेरी प्राधीकरणले नाटक गर्दै छ । यी विभिन्न प्रश्नहरुको जनताले उत्तर खोजी रहेका छन ।
जतीबेला जनतालाई विजुली आवश्यक हुन्छ त्यतीखेर उपयोग गर्न पाउदैनन भने विजुली बाल्नुको अर्थ के हुन्छ । विद्युत प्राधीकरणले जवाफ दिन जरुरी छ । एसी, कुलर, पंखा र इनभटर विकाएर कमीशन खाने उदेश्य हो भने प्राधीकरणका हाकीमले बेलैमा सोच्न जरुरी छ । अन्यथा जनताले सबक सिकाउने समय आउन सक्छ ।
त्यसैले जतीखेर जनतालाई विजुली आवश्यक छ । कटौती नगरी नियमीत गर्न जरुरी छ । जनताले विद्युतीय सेवा नियमीत रुपमा पाउन जरुरी छ । विद्युत कटौतीलाई नियमीत गर्न जरुरी छ । ब्याक्तिगत स्वार्थका लागी जनतालाई दुख दिने कार्य बन्द गरिनु पर्छ । जनता जनार्दन भन्ने कुरा बुझन जरुरी छ ।