"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिमले मुख्यमन्त्री सोडारीलाई ज्ञापन पत्र बुझायो

Khabar Raftar

जेठ २१ धनगढी । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशले विभिन्न माग सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिमले १३ वटा माग सहित मुख्यमन्त्री दिर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल कम्युनिष्ट पार्टीका पोलीट ब्युरो सदस्य विकल्प सीको नेतृत्वमा गएको टोलीले गेटामा शहिद दशरथचन्द स्वाश्थ्य विज्ञान विश्वविद्यालय अविलम्ब सञ्चालनमा ल्याउनु पर्ने, महाकलीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम द्रुत गतीमा अगाडी बढाउनु पर्ने, प्रादेशिक र सबै जिल्ला अस्पतालहरुमा दरबन्दी अनुसारको कर्मचारीको ब्याबश्था गरी सर्बसुलभ र प्रभावकारी सेवा प्रदान गरिनु पर्ने माग गरिऐको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

त्यसैगरी शिक्षा, स्वाश्थ्य र रोजगारलाई विशेष प्राथमीकता दिई नयाँ कार्यायोजना ल्याउनु पर्ने, भ्रष्टाचार, अनियमीत्ता, ढिलासुस्ती रोक्न सरकारले विशेष पहल गर्नु पर्ने, बन फडानी र नदी उत्खनन रोक्नु पर्ने माग गरिएको छ । त्यसैगरी विकास निमार्णका कामलाई विशेष निगरानी गरी मापदण्ड अनुसार काम गर्न लगाउने, मार्तडी कोल्टी सडक खण्ड उचित बजेटको ब्याबश्था गरी तिब्र गतीमा काम सञ्चालन गरिनु पर्ने माग गरिएको छ ।

खप्तड, बडीमालीका, रामारोशन,बडीकेदार लगायतका पयटकीय क्षेत्रको विकास गर्न विशेष योजना बनाई लागु गरिनु पर्ने, बयालपाटा अस्पताललाई प्रदेश सरकारले जिम्मा लिई सञ्चालन गर्नु पर्ने, बाहीरबाट आयात गरिने कृषी जन्यबस्तुलाई निरुत्साहित गरी स्वदेशी कृषी उत्पादनलाई प्रोत्साहन गरिनु पर्ने, पहलमानपुरमा बनेको कोल्ड स्टोरलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउनु पर्ने र युवाहरुलाई स्वदेशमा रोजगारी सृजना गर्न उत्पादन क्षेत्रमा बजेट सुनिश्चित गरी एकटोल एक उत्पादन समुह, एक गाउँ एक उत्पादन सहकारी र युवाहरुलाई रोजगारीको नीति बनाई कार्यान्वयन गर्नु पर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री सोडारीले प्रदेश सरकारले अहिले कृषी उत्पादन गर्ने गरी योजना बनाएको जानकारी गराए । त्यसैगरी बयालपाटा अस्पता, कोल्ड स्टोरको विषयमा काम गर्न नसकिने अबश्था रहेको जानकारी गराए । बयालपाटा अस्पताल विदेशी संस्था मार्फत सञ्चालनमा रहेको बताउदै मुख्य मन्त्री सोडारीले त्यसैकारण छुट्याईएको ५ करोड पनि कार्यान्वयनमा ल्याउन नसकिएको जानकारी गराए । प्रदेश सरकारको मातहतमा ल्याएर सञ्चालन गर्ने हो भने पनि डाःक्टरहरु नबस्ने बताउदै उनले अस्पतालाई प्रदेश सरकार मातहत ल्याउन सके सहयोग गर्ने बाटो खुल्ने बताए ।

त्यसैगरी केलालीको पहलमानपुरमा रहेको कोल्ड स्टोर पनि प्राली भएकाले सहयोग गर्न नसकिने अबश्था रहेको मुख्यमन्त्री सोडारीले जानकारी गराए । अन्य मागहरुका विषयमा आफु गम्भिर रहेको बताउदै उनले राखिएका मागहरु सबैका साझा भएकाले पूरा गर्ने गरी लाग्ने प्रतिबद्धता जाहेर गरे ।

भर्खरै

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड
क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित
पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या
संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार
कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ
वरिष्ठ कलाकार बोगटीको निधन
संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो
जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने
कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै
कारागारमा सल्फास खाएर मृत्यु भएका दीपकको प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा

धेरै कमेन्ट गरिएको

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अपाङ्गता भएका व्यक्तिलाई अगाडी बढाउनु पर्नेमा सरोकारवालाहरुको जोड

samman-1

क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

Khanepani-problem-1726717327

पाटनमा पहिरोले मुहान पुरिँदा खानेपानीको समस्या

ganesh-nepali--1024x493

संविधानको इमान्दारितापूर्वक कार्यान्वयन नै स्थिरता स्थायित्व, दिगो विकास र सामाजिक न्यायको आधार

pakrau-1

कैलालीबाट लागुऔषध सहित ६ जना पक्राउ

dal-b-bogati-1

वरिष्ठ कलाकार बोगटीको निधन

FB_IMG_1726712182552

संविधानको ९ वर्षसम्म पनि दलितमैत्री कानूनहरु बन्न नसकेको दलितहरुको गुनासो

459463359_3920228938246470_888492081428447219_n

जनपत्रकार संगठन नेपालले पत्रकार पाण्डेको स्मृति ग्रान्थ प्रकाशन गर्ने