"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

जातीय छुवाछूत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

Khabar Raftar

जेठ २१ धनगढी । जातीय छुवाछूत उन्मूलन दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ साल जेठ २१ गतेका दिन संसदले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ साल देखि देखि यो दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा देशका विभिन्न स्थानमा कार्यक्रम र ¥यालीको आयोजना गरिएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नेपालमा पछिल्लो जनगणना अनुसार दलितको जनसंख्या १५ प्रतिशत रहेको छ । पुर्नःस्थापित संसद्ले २०६३ सालमा नेपाललाई छुवाछूतमुक्त राष्ट्रघोषणा गरे पनि अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । जातीय विभेदकै कारण अहिले पनि दर्जनौँको ज्यान जाने गरेको छ भने सर्वसाधारणहरु अमानवीय व्यवहारको सिकार बन्दै गएका छन ।

नेपालको संविधान २०७२ ले छुवाछूत विरुद्धको हक र दलितको हक गरी दुई वटा मौलिक हकको व्यवस्था गरेको भए पनि व्यवहारमा कुनै हकको कार्यान्वयन हुन सकेको छैन । सम्बन्धित विषयमा कानुनहरू समेत बन्न नसकेको अबश्था छ । संविधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हक भित्र राखेको छ ।

यसमा कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जातजाति, समुदाय, पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी वा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने उल्लेख गरिएको छ । यदि कुनै प्रकारको भेदभावपूर्ण व्यवहार, बहिष्कार वा निषेध गरेमा तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार देखि २५ हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ब्याबश्था गरिएको छ ।

राज्यको कानुन, मानवता, सभ्य समाज, र आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौती रहेको नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरेर आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको छ ।

दलितको हक अन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि संविधानले विशेष व्यवस्थाको प्रत्याभूति गरेको भए पनि दलित समदायले अहिले सम्म त्यसको आभाष गर्न नपाएको अबश्था छ ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ