"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

४३ बुँदे घोषणापत्र जारी गर्दै शैक्षिक सम्मेलन सम्पन्न

Khabar Raftar

जेठ २० बैतडी । शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय शैक्षिक सम्मेलन ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा प्रत्येक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने, फोहरमैला व्यवस्थापन, नैतिक शिक्षा दिने, विद्यालय सुधार योजना अनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवाखाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन, उत्कृष्ट खेलाडी उत्पादन गर्ने लगायतका कुरा उल्लेख गरिएका छन् । सम्मेलनको पहिलो दिन विद्यालयहरूले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोस्रो दिन विज्ञान तथा कला प्रदर्शनी र कार्यक्रमको अन्तिम दिन नृत्य प्रतियोगिता सहित सम्मेलन सम्पन्न हो ।

सम्मेलनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि सामूहिक रूपमा पहल गर्ने निष्कर्ष निकालेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले सम्मेलनले सामुदायिक विद्यालयलाई आफ्नो कार्ययोजना अनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने बताउदै सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सम्मेलनको आयोजना गरिएको जानकारी गराए ।

सम्मेलनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउने अपेक्षा गरिएको उनले बताए । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा आयोजना गरिएको सम्मेलनमा पालिकाभरिका ५६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको उनले बताए ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना