जेठ १८ धनगढी । कैलालीको अत्तरीयाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अत्तरियाका बिभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती कैलाली अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले तेस्रोलिङगी सहित एक जना युवकलाई पक्राउ गरेको हो ।
धनगढी रोडमा रहेको “श्रृजना होटल” मा अनैतिक क्रियाकलाप गरी रहेको अवस्थामा फेला पारी तत्कालै होटल सञ्चालक तेस्रो लिङगी १ जना र पुरुष १ गरी जम्मा २ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको हो । यघटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको जानकारी गराएको छ ।
Post Views: 105