"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशमा आगलागीबाट करोडौको क्षति

Khabar Raftar

जेठ १८ धनगढी । सुदूरपश्चिम प्रदेशमा आगलागीका घटनाबाट करोडौको क्षती भएको छ । विभिन्न समयमा भएका आगलागीका घटनाबाट करोडौको क्षती भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बुधबार मात्र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ लालपुरमा आगलागी हुँदा ३ वटा पसलमा क्षति भएको छ । लालपुर चौराह नजिकै रहेको न्यू भुवन हार्डवेयर, भैरव एग्रोभेट र एमजे जुत्ता पसलमा आगलागी भएको हो । आगलागीबाट करिब साढे ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगबहादुर थापाले जानकारी गराए ।

आगलागी भएको न्यू भुवन हार्डवेयरमा सबैभन्दा बढी क्षति भएको छ । आगलागीबाट न्यू भुवन हार्डवेयर भने जलेर पुरै नष्ट भएको प्रहरीले जनाएको छ । नजिकै भएकाले अन्य पसलहरुमा भने आंशिक क्षति पुगेको उनले बताए । बुधबार दिउँसो लागेको आगो दमकल, प्रहरी र स्थानीय मिलेर निभाएका थिए । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ११ जनाको प्रहरी टोली खटिएको थियो ।

विहिबारसम्म सुदूरपश्चिम प्रदेशमा आगलागीका दुई सय ३४ घटना घटेका छन् । ती घटनामा परी ७ महिला र ४ जना पुरुष गरी ११ जनाको मृत्यु भएको छ । १२ जना पुरुष र १६ जना महिला गरी २८ जना घाइते भएका छन । आगलागीबाट दुई सय ६२ परिवार प्रभावित भएका छन । २५ वटा घरमा पूर्ण र ३६ वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

६७ वटा गोठमा आगलागी हुँदा ९३ वटा पशु चौपायाको क्षति भएकोे सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २९ वटा वन जंगलमा समेत आगलागी भएको छ भने आगलागीका घटनाबाट २३ लाख ६० हजारको क्षति भएको विवरणमा उल्लेख गरिएको छ ।

भर्खरै

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

धेरै कमेन्ट गरिएको

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन

1

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक