गाउँगाउँमा सहकारी घर घरमा भकारी भन्ने सरकारी नाराले सबैलाई आर्कर्षण गरेको भए पनि सहकारीलाई नियमन गर्न नसक्दा बचत कर्ताहरुले दुख पाएका छन । कुनै एउटा सहकारीको बदमासीले अन्य सहकारीमाथी पनि प्रश्न खडा भएको छ । एक पछि अर्को सहकारीले ठग्ने गरेका घटनाहरु सार्बजनीक हुँदै आएका छन । तर पनि सरकारले त्यस्ता सहकारीका सञ्चालकहरुलाई गतीलो कारबाही गर्न सकेको छैन । सहकारीका सञ्चालकहरुका लागी कारबाही र असुल उपर गर्न सकिने गरी कानुन बनाउन जरुरी छ ।
त्यस्ता सहकारीका सञ्चालकहरुले आफ्नो नाम्म केही सम्पती नराख्ने र रकम कुम्ल्यार भाग्ने गरेका कारण समस्या सृजना भएको छ । त्यस्ता सञ्चालकहरुको घरका सदस्यहरुको नाम्मा रहेको जायजेथाबाट पीडितहरुको रकम असुल उपर गर्न सकिने गरी कानुनमा ब्याबश्था गरिनु आवश्यकछ । अहिले फेरी शिवशिखर सहकारीले देशै भरीका बचत कर्ताहरुलाई ठगी गरेको छ । त्यसका सञ्चालकहरु बचतकर्ताहरुको करोडौ रकम डुबाएर भागेका छन । सहकारीबाट ठगिएका पीडितहरूको रकम उनिहरुको चल अचल सम्पती बाट असुल गर्ने ब्याबश्था गर्न सके सहकारी संस्थाहरुले यसरी बचत कर्ताहरुको रकम कुम्ल्याएर भाग्न सक्दैनन होलान ।
त्यसैले सञ्चालकका परिवारका कुनै पनि सदस्यको चल अचल सम्पती बेचेर भए पनि असुल उपर गर्न सक्ने नियम कानुन बनाउन जरुरी छ । बचत कर्ताहरुको रकम लिएर भागेका सञ्चलकहरुलाई पक्राउ गरी कारबाही गर्न जरुरी छ । सहकारीलाई नियन्त्रण गर्न एउटा मात्रै निकाय बनाउनुका साथै सहकारीहरूले बनाउने निजी ऐन बन्द गरिनु पर्छ । सहकारीमा बचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागे पछि त्यसलाई अनुमतीको प्रमाणपत्र दिने निकाय बढी जिम्मेवार बन्न आवश्यक छ ।
दिनभरी मकै पोलेर,भारी बोकेर सहकारीमा जम्मा गरेको रकम सर्बसाधारणले फिर्ता पाउनु पर्छ । रगत पसिनाले कमाएको उनिरुको रकम फिर्ता गर्न सरकार जिम्मेवार बन्नु पर्छ । बचतकर्ताको रकम अविलम्ब फिर्ता गरिनु पर्छ । आमनागरिकको बचत फिर्ता गर्नुका साथै सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोका गरिनु पर्छ । सहकारीहरूलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गरिनु पर्छ , ठगी गर्ने सहकारीहरूको अनुमती पत्र रद्ध गरेर सञ्चालकहरुको जायजेथाबाट भए पनि बचत कर्ताहरुको रकम फीर्ता गरिनु पर्छ ।