"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

खरिद कर्ता तथा उत्पादक संस्था विच अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

Khabar Raftar

विरेन्द्र सिह, जेठ १८ धनगढी । विश्ववैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को उपआयोजना स्टार्टअप अनुदान कार्यक्रम अन्तर्गत खरिद कर्ता र उत्पादक संस्था विचको उत्पादनमुलक साझेदारीको अवधारणा अनुरुप धनगढी कैलालीका उत्पादक संस्था (कृषि सहकारी, कृषक समुह, महिला कृषक समुह) र खरिद कर्ता विच एक दिने अन्र्तक्रिया गोष्ठी शुभम होटल धनगढीमा सम्पन्न भएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अन्र्तक्रियामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) डडेल्धुराका आयोजना प्रमुख वरिष्ठ कृषि अधिकृत डा.उत्तम आचार्यले उत्पादक कृषकहरुका समस्यालाई मध्यनजर गर्दै खरिद कर्ता संग समन्वय छलफल गराएका थिए । छलफलमा भगवती महिला कृषक समुहका कृषकहरुले आफुले उत्पादन गरेका उत्पादनहरुको खरिद कर्तावाट उचित मूल्य नपाउदा कृषकहरु मर्कामा परेको वताए ।

छलफलका क्रममा कृषि विकास सहकारी संस्थाका अध्यक्षले पनि कृषकहरुले उत्पादन गरेको वस्तुमा खरिद कर्ता र कृषक दुवैलाई मर्का नपर्ने गरि तोकिएको मापदण्ड अनुरुपको उचित मूल्य निर्धारण गर्नु पर्ने जसले गर्दा कृषकलाई सहज हुने वताए । छलफलमा खरिदकर्ताका तर्फवाट मुक्तिनाथ कृषि कम्पनीका हिक्मत उपाध्यायले कृषकहरुलाई उत्पादनका कार्यक्रममा आफुहरुले उत्पादनलाई चाहिने हरेक कुराहरुमा कृषकलाई सक्दो सहयोग गर्ने तथा उत्पादन वस्तुको उचित बजार मूल्य दिएर खरिद गर्ने प्रतिवदता जनाए ।

अन्तरक्रियामा खरिद कर्ता र समुह सहकारीको प्रतिनिधिहरु सवैले आ आफ्नो विचार राखेका थिए । गोष्ठीमा उत्पादक संस्थाहरुमा कृषि विकास सहकारी संस्था लि. धनगढी ९, राना उत्थान महिला कृषक समुह धनगढी ६, मटीयारी, भगवती महिला कृषक समुह, धनगढी ३ वोराडाडी, मनकामना कृषक समुह गोदावरी ९, गोदावरी कृषि सहकारी गोदावरी १२, दाईजो कृषि सहकारी धनगढी ७, उदयदेव वहुउद्देश्यीय सहकारी धनगढी ३, र खरिद कर्ताहरुमा मुक्तिनाथ कृषि कम्पनी लगायत दुध डेरी तथा तरकारी फलफुल पसल आदिको सहभागिता रहेको थियो । उत्पादन मुलक साझेदारी कार्यक्रममा तरकारी खेती, वाख्रा पालन, भैसीपालन, वंगुरखेती आदि कार्यक्रमहरु संचालित छन ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को उपआयोजना स्टार्टअप अनुदान कार्यक्रम सुदूरपश्चिम प्रदेश आर्थिक कोरिडोर कार्यालय डडेल्धुरा अन्तर्गत कैलाली, डोटी, डडेल्धुरा, वैतडी र दार्चुला गरी पाँच जिल्लामा संचालन भईरहेको छ । यो कार्यक्रम कैलाली जिल्लाको हकमा चुरे, गोदावरी र धनगढीमा संचालित रहेको छ ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह