जेठ १६ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ६ लालपुरमा आगलागी भएको छ । लालपुर चौराह नजिकै रहेको एउटा सटरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी अन्य सटरहरुमा समेत फैलिसकेको बताउदै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले आगो नियन्त्रणमा लिएको बताए ।
दमकल सहित स्थानिय र प्रहरीले आगो निभाएको बताउदै उनले घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको बताए छ ।
Post Views: 43