"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

केरामा देखिएको पानामा रोग नियन्त्रण गर्न कैलालीका केरा किसानको माग

Khabar Raftar

जेठ १५ धनगढी । केरामा देखिएको पानामा रोग नियन्त्रण गर्न कैलालीका किसानले माग गरेका छन् । गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गर्दै उनीहरुले फेरी पनि पानामा रोग नियन्त्रण गर्न माग गरेका हुन । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले केरा बजार प्रवद्र्धनका लागि कृषक, व्यापारी तथा सरोकारवालासँग टीकापुरमा गरिएको छलफलमा सहभागी किसानहरुले रोग नियन्त्रणका लागी माग गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

किसानले नेपालमा गत वर्ष पहिलोपटक केरामा पानामा रोगको टिआर–४ प्रजाति भेटिएको बताएका छन । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग पानामाको टिआर–४ प्रजाति भएको उनीहरुले बताएका छन । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोग जटिल भएकाले समयमै रोकथाम गर्न नसके नेपालमा व्यावसायिक खेती गरिरहेका केरा किसान डुब्ने उनीहरूले चिन्ता ब्यक्त गरेका छन । यो रोग माटोमा बस्ने ढुसी भएका कारण सङ्क्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्ने भएकाले समयमै नियन्त्रण आवश्यक रहेको कृषिविज्ञहरुको सुझाव रहेको छ ।

टिआर–४ प्रजाति कैलालीको टीकापुरका किसानको बारीमा देखिए पनि नियन्त्रणमा ध्यान नदिएको किसान टेकेन्द्र धामीले बताए । चारजना किसानको बारीमा पानामा रोग देखिएको बताउदै उनले क–कसको बारीमा देखियो भन्ने कुरा किसानलाई पनि थाहा ाभएको धामीले बताए । गत वर्ष अवलोकन गरिएको बताउदै उनले त्यसपछि नियन्त्रणको काम नभएको बताए । वर्षा भए पछि कति जना किसानको बारीमा यो रोग फैलिएको छ, भन्ने कुरा थाहा हुने उनले बताए । गतवर्ष राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करिब आठ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करिब ४० प्रतिशतमा रोगको लक्षण देखिएको उनले जानकारी गराए ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्काय टीकापुरका उपप्राध्यापक आशिष घिमिरेले गर्मी भएकाले यो रोग धेरै नदेखिए पनि वर्षा भएमा फैलन सक्ने बताए । पानामा रोगको यो प्रजाति पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको बताउदै उनले त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नाका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको जानकारी गराए । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रो पटक देखिएको उनले जानकारी गराए । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको बताउदै उपप्राध्यापक घिमिरेले केरामा यो प्रजातिको रोग लागेमा खेती नै विनाश हुने जोखिम रहेको बताए । लगानी जोखिममा पर्न सक्ने बताउदै उनले किसान यो पेसाबाट विस्थापित हुन सक्ने बताए ।

छलफल कार्यक्रममा तीन वटा पालिका टीकापुर, जानकी र लम्कीचुहाका कृषि शाखाका कर्मचारी, मूल कुला समितिका पदाधिकारी, कुला समितिका प्रतिनिधि, कृषक, थोक व्यापारी, मध्यस्थकर्ता व्यापारी, खुद्रा व्यापारीको सहभागीता रहेको उनले जानकारी गराए । कार्यक्रममा केरा किसानका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा सुरक्षा प्रदान गर्नु पर्ने माग गरिएको बताउदै उनले नेपालमा केराको अभाव हुने र भारतीय केराले बजार पाउने बताए । नेपालमा उत्पादन भएको केराले मूल्य नपाएको किसानले गुनासो समेत गरेका छन । केरामा प्रयोग हुने विषादीको कम प्रयोगबारे व्यापारी र एग्रोभेट सञ्चालक जिम्मेवार बन्नु पर्नेमा जोड दिइएको बताइएको छ ।

अत्तरियाका थोक व्यापारी नन्दलाल भट्टले विषादीको प्रयोग घटाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने र समयमै ध्यान नदिए घरघरमा बिरामी बढ्ने बताए । केरामा अत्यधिक विषादी प्रयोग हुन थालेको बताउदै उनले किसान र व्यापारी दुवैले विषादीको प्रयोग र असरबारे जानकारी राख्न्ु पर्ने बताए । उपभोक्ताले पनि कस्तो खानेकुरा खाँदैछु भन्ने विषयमा सचेत हुन आवश्यक भएको उनले बताए । त्यसैगरी किसान र आयोजनाको लागत सहभागितामा तीन करोड बढी लागतमा बनेको केरा पकाउने च्याम्बर बन्द भएकाले सञ्चालनका लागि पहल गर्नुपर्ने समेत किसानले माग गरेका छन् ।

च्याम्बर बन्द भए पछि किसानले ३२ लाख भुक्तानी पाउन बाँकी रहेको केरा व्यवसायी संघका अध्यक्ष दीपेन्द्र चौधरीले बताए । सिँचाइ आयोजनाले केरा खेतीमा मात्र नभई प्रविधि, वैज्ञानिक प्रविधि, गुणस्तर र बजारीकरणमा सघाउनु पर्ने उनले बताए । भारतीय केरा नेपाल भित्रिँदा नेपाली किसानको बारीमा केरा डम्पिङ भइरहेको बताउदै उनले सरकारले केरा किसानलाई सरक्षण गर्नुपर्ने बताए । त्यसैगरी अर्का थोक व्यापारी कर्णबहादुर मल्लले फागुन देखि जेठ सम्म चार महिना नेपाली केरा कम उत्पादन हुने हुँदा भारतीय केरा आउने गरेको बताए । अन्य समयमा नेपालकै केराले बजार धान्ने बताउदै उनले टिकापुरको केरा अन्य जिल्लामा जाने गरेको बताए ।

उनले मौसमले गर्दा फागुन देखि जेठ महिना सम्म कम केरा उत्पादन हुने भएकाले यही मौकामा भारतीय केराले बजार ढाक्ने गरेको बताए । आयोजनाको कमान्ड क्षेत्रका तीन वटा पालिकामा साढे पाँच सय हेक्टरमा केरा खेती हुने गरेको उनले बताए । कृषिविज्ञ कृष्ण न्यौपानेले कृषिमा असल अभ्यासका लागि किसानलाई अझै सचेतना चाहिएको र विषादीको अत्यधिक प्रयोग घटाउन प्राविधिक ज्ञान दिनु पर्ने बताए ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले पालिकासँग बजेट अभाव भएकाले कृषिमा सोचे जस्तो गर्न नसकेको बताए ।

पानामा रोगबारे पटक पटक छलफल भएको बताउदै उनले त्यसमा स्थानीय सरकारले मात्र केही गर्न नसक्ने बताए । प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेको बताउदै उनले बजेटमा केरा किसानका मागलाई समेट्ने बताए । आयोजनाका प्रमुख भरत कँडेलले किसानलाई जोगाउने र बलियो बनाउने काममा आयोजनाले सक्दो प्रयास गरिरहेको बताए । किसानका माग र आवश्यकतामा आधारित कार्यक्रम गरिरहेको बताउदै उनले किसानलाई प्रविधिको प्रयोगसँगै गुणस्तरीय उत्पादनमा सक्रिय गराउने कार्यमा लागिरहेको बताए ।

भर्खरै

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए
नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने
अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार
चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ
ट्यांकरले ठक्कर दिदा गोदावरीकी युवतीको मृत्यु
टीकापुरमा रहेको गौशालामा चौपायालाई खुवाउने आहाराको अभाव

धेरै कमेन्ट गरिएको

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता

a

सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता

11

बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

Capture

नेकपा एमसीसी सरोकार समितिले एमसीसी रोक्न ट्रम्पलाई पत्राचार गर्ने

pree

अब धनगढी दौडिन्छको ११ औं संस्करण बैशाख १ गते हुने, विजेतालाई नगद ७५ हजार पुरस्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

चोरीका २ वटा ट्याक्टर सहित कञ्चनपुरबाट २ जना चालक पक्राउ