जेठ १५ काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन ।
सरकारले चालु आर्थिक बर्षको तुलनामा ६.२ प्रतिशतले बढी बजेट सार्बजनीक गरेको हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । चालु आर्थिक बर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
कूल विनियोजन बजेट मध्ये सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेट मध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ ।
यो कूल बजेटको १८.९४ प्रतिशत रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो १९.७४ प्रतिशत हो । यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो ।