पत्रकार कुनै भगवान होईन यही समाजको एउटा नागरिक हो । मान्छे हो । मान्छेले गल्ती गर्दा हुने कानुनी सजाय सबैले भोग्नु पर्छ । यो सबैलाई जानकारी भएको विषय हो । पेशागत सुरक्षाका लागी आवाज उठाउनु अधिकारको विषय पनि हो । तर जसरी पछिल्लो समयमा पत्रकारीतामा एक किसिमको संस्कार हावी हुदै गएको छ त्यसलाई सुधार्न जरुरी छ । अहिले कान्तीपुरका सञ्चालक कैलाश शिरोहीयाको पक्राउको विषयलाई लिएर पत्रकारहरुमा पनि मत भिन्नता रहेको छ ।
यस्तो नहुनु पर्ने हो तर भई रहेको छ । ठूला मीडीया हाउसका सञ्चालकहरु र पत्रकारहरु शिरोहीयाको पक्षमा उभिएका छन । एकथरी राष्ट्रबादी पत्रकारहरुले उनले गरेका गैरकानुनी कामहरुको समाचार सम्प्रेषण गरेर राष्ट्रको सेवा गरी रहेका छन । बास्तवमा कैलाश सिरोहीया को हुन, कुन कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो भन्ने विषय बुझन जरुरी छ । उनको समाचारको विषयमा उनलाई पक्राउ गरिएको भए सञ्चार माध्याम माथीको आक्रमण हुन सक्थ्यो । तर उनलाई नागरिकता कृते कसुरमा अदालतको आदेशमा पक्राउ गरिएको हुँदा यो घटनालाई प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेपका रुपमा हामीले लिनु हुदैन ।
किनकी देश हामी सबैको हो, देश रहे हामी रहन्छौ भन्ने कुरा हामी सबैले बुझन आवश्यक छ । सिरोहियाको गिरफ्तारीलाई सञ्चारमाध्यमको ज्यादतीका रुपमा बुझनु भनेको पत्रकारले गर्ने गल्ती गल्ती हुदैन भन्नु हो । अपराध गर्ने जो सुकै भए पनि सजाय पाउन जरुरी छ । सामाचार लेखेको आधारमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको होईन अदालतको आदेशमा नागरिकता कृते कसुरमा हो भनेर बुझन जरुरी छ ।
सिरोहियाको गिरफ्तारीलाई लिएर अन्य पत्रकारहरुले डराउनु पर्ने कुनै कारण छैन । सिरोहिया कानुन भन्दा माथि होईनन भनेर बुझन जरुरी छ । उनले अपराध गरेका भए कानुन अनुसार सजाय पाउने नभए सफाई पाउने विषय हो । त्यसैले सिरोहियालाई लिएर कुनै पत्रकारले टाउको दुखाउनु जरुर िछैन । विदेशी नागरिकले बंशजको आधारमा नेपाली नागरिकता पाउने कुरा देशका लागी घातक विषय हो ।
राष्ट्रिय विषय हो । त्यसैले राष्ट्रिय विषयमा अनुसन्धान गर्न सहयोग गर्न जरुरी छ । पत्रकारको काम समाचार लेख्ने हो । सूचना सम्प्रेषण गर्ने हो, खबरदारी गर्ने हो । त्यसैले कारबाही गर्ने अनुसन्धान गर्ने निकायलाई सहयोग गर्नु पर्छ । गल्ती गर्ने मान्छेले हो तर गल्तीका पनि प्रकृती हुने भएकाले गम्भिर प्रकृतीका गल्ती गर्ने छुट कसैलाई नभएकाले कारबाहीको भागेदार हुनै पर्छ ।