"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीको चुरे गाउँपालिका स्थित खैराला स्वास्थ्य चौकी भवनको उद्घाटन

Khabar Raftar

जेठ १४ धनगढी । कैलालीको चुरे गाउँपालिकामा रहेको खैराला स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले उक्त स्वास्थ्य चौकीको भवनको उद्घाटन गरेका हुन । भवन उद्घाटन गर्दै पालिका अध्यक्ष बोगटीले विकट क्षेत्रका रुपमा रहेको चुरेबासीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न भवनले सहयोग पुग्ने बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले चुरेमै पहिलो पटक सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण भएको बताए । चुरेमा सम्पुर्ण उपकरण र पूर्वाधार सम्पन्न यो पहिलो भवन भएको बताउदै उनले स्वास्थ्य सेवामा यसले धेरै टेवा पु¥याउने बताए । बोगटीले स्वास्थ चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद दिए ।

उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको बताउदै अब सेवा प्रवाहमा सहज हुने बताए । फाया नेपाल मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रर्वद्धन परियोजना अन्र्तगत आम्दा माइन्ड्स र परराष्ट्र मन्त्रालय जापानको आर्थिक एवम् प्राविधिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको उनले बताए ।

उक्त भवन सोमबार चुरे गाउँपालिका कार्यालयलाई हस्तान्तरण गरिएको बताउदै उनले कर्मचारी बस्ने आवास, बैठकका लागि हलको व्यवस्था सहितको ८ कोठे २ तले भवन फाया नेपालले पालिकालाई हस्तान्तरण गरेको बजानकारी गराए । स्वास्थ्य सेवाका लागि आवश्यक उपकरणहरु पनि रहेको पालिकाका अध्यक्ष बोगटीले बताए ।

उनले स्वास्थ्य चौकीका लागि भवन र आवश्यक उपकरणको जोहो भैसकेकाले अब कर्मचारी व्यवस्थापन र औषधीको व्यवस्था पालिकाले गर्ने बताए । गत वर्ष जेठ १५ गते शुभारम्भ भई निर्माणको सुरुवात गरिएको उक्त भवन फागुन १७ गते निर्माण सम्पन्न भएको जानकारी गराउदै उनले भवन निर्माणका लागि १ करोड ९९ लाख ३५ हजार ९ सय ६३ रुपैया लागत लागेको जानकारी गराए ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ