"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरको शुक्लाफाँटामा सिँचाइ सुविधाका लागि ५० प्रतिशत अनुदानमा १३ वटा स्यालोट्युबवेल जडान

Khabar Raftar

जेठ १४ धकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–४ का किसानलाई सिँचाइ सुविधा प्रदान गर्नका लागि चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा १३ वटा स्यालोट्युबवेल जडान गरिएको छ । किसानलाई समूहमा आबद्ध गरी १३ वटा स्यालोट्युबवेल जडान गरिएको हो । वडाध्यक्ष कमल ठकुल्लाले एक समूहमा २० देखि २५ जना किसान आबद्ध रहेको जानकरी गराउदै दातृ निकायबाट छ वटा, वडा कार्यालयबाट पाँच वटा र नगरपालिका कार्यालयको कृषि शाखाबाट दुई वटा गरी १३ वटा स्यालोट्युबवेल जडान गरिएको जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

ट्युबवेल जडानका लागि कुल लागतको आधा खर्च समूहले र आधा खर्च वडा, नगरपालिका र दातृ निकायले व्यहोरेको उनले बताए । स्यालोट्युवेल जडान भए पछि १० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको उनले जानकारी गराए । स्थानीय किसान परमानन्द अवस्थीले खेतमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताउदै स्यालोट्युबवेल जडान गरिए पछि समयमै धानको बीउ छर्न पाएको बताए । रोपाइँ पनि समयमै हुने भएकाले धानको उत्पादन अरु वर्षको तुलनामा बढी हुनेमा ढुक्क भएको उनले बताए ।

स्यालोट्यबवेल जडान भएका केही किसानले यस वर्षदेखि नै व्यावसायिक रुपमा तरकारी खेती गरेकोे वडा सदस्य मनिदत्त पन्तले बताए । असैना लगायत क्षेत्रका किसानले तरकारी खेतीसँगै वसन्ते मकैखेती गरेर आम्दानी लिन थालेको बताउदै उनले सिँचाइ सुविधा भए पछि केही किसानले उखुखेती समेत गर्न थालेको बताए । किसानलाई व्यावसायिक कृषितर्फ डो¥याउनका लागि वडा कार्यालयले आगामी आर्थिक बर्षका लागी प्रविधि हस्तान्तरण, बीउ, मल लगायतमा अनुदान दिने कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी गराए ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह