"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

शिक्षाको गुणस्तर बृद्घिमा सरसफाई क्षेत्रको महत्व धेरै हुने जानकारहरुको भनाई

Khabar Raftar

जेठ ११ ,बझाङ्ग , प्रदिप मलासी । बझाङ्गको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का दुइ वटा बिद्यालयलाई आज भुकम्पप्ररोधी अपाङ्गमैत्री र बालमैत्री शौचालय निर्माण पछि हस्तान्तर गरेको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

वल्र्डभिजन इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग र प्रगतिशिल युवा समाज बझाङ्गको साझेदारीमा जयपृथ्वी नगरपालिका संगको समन्वय र स्थानीय समुदायको सहयोगमा जिर्माण सम्पन शौचालयको आज एक कार्यक्रमका बिच बिद्यालय संचालन तथा व्यवस्थापन समितिलाई हस्तान्तर गरेका छ ।

लामो समय देखि गुणस्तरिय शिक्षाका सवालमा का मगर्दै आएको वल्र्ड भिजन इन्टरनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङ्गले जयपृथ्वी नगरपालिका वडा नम्बर ३को सरस्वती आधारभुत बिद्यालय र भैरव आधारभुत बिद्यालय सिमलतोला लाई २ कोठे एक एक शौचालय निर्माण गरि हस्तान्तरण गरेको छ । बिद्यालयको एक छाना मुनी तिन कोठे भवनको भुकम्पप्रतिरोधी शौचालय भित्र अपाङ्गमैत्री ,छात्रामैत्री र छात्रहरुका लागि सहित सहज प्रयोजनमा आउने खालको शौचालय निर्माण गरिएको छ ।  सरस्वती आधारभुत बिद्यालयमा १५ लाख १९ हजार ४ सय ३४ रुपिया १ पैसाको अभिबृद्घि कर सहितको निर्माण शौचालय करि ६० जना बिद्यार्थी प्रयोजनका लागि बनेको छ । भने १५लाख २६ हजार १ सय २ रुपिया २२ पैसा लागतको भैरव आधारभुत बिद्यालयमा करि ४० जना बिद्यार्थीको प्रयोगका लागि सुबिधा सम्पन्न छात्रामैत्री अपाङ्गमैत्री र भुकम्पप्रतिरोधि शौचालय निर्माण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले संस्थाले ठुलो लागतमा निर्माण गरेको शौचालय हाम्रा बालबालिका लागि भएकाले यसको निरन्तर संरक्षण र सरसफाईमा ध्यान दिन जरुरी रहेको बताए ।

उहाले सबै खाले सेवा सुबिधा सहितको शौचालय बनेकाले यसको संरक्षण गरिव बाहुनलाई हात्ती दान दिए सरह नभई यसको उपयोग र संरक्षणको जिम्मेवारी बिद्यालय स्वयमले नै लिनु पर्ने प्रमुख बजालले बताउनु भयो । नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय पाठयक्रमको निर्माण बिद्यालय समायोजन लगाएतका कार्यलाई निरन्तरता दिएको भन्दै बिद्यालयको शैषिक गुणस्तर सुधारका लागि बिद्यालयका शिक्षकहरुकै प्रमुख भुमिका रहने प्रमुख बजालको भनाई छ ।

आगामी दिनहरुमा शिक्षा क्षेत्रको थप सुधारका लागि संस्था र आर्थिक सहयोग गर्ने निकाय वल्र्ड भिजन इन्टरनेशनलले थप योजना निर्माण गर्ने भएकाले अहिले तत्काल निर्माण गरिएको शौचालयको प्रयोगलाई चुस्तदुरुस्ता राखे आगामी सहयोगको बाटो खुल्ने प्रगतिशिल युवा समाजका सहसचिव प्रविन्द धामीले बताए । आफुहरु शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक सामाग्रीको बितरण बिद्यालय भवन निर्माण शौचालय निर्माण लगाएतका क्षेत्रमा कार्य गदै आएकोले दिन प्रति दिन बिद्यालयमा बिद्यार्थीको संख्या बृद्घि भए शैक्षिक सुधारका कार्यक्रम थप हुदै जाने सहसचिव धामीले बताउनु भयो ।

बिद्यालयका लागि निर्माण गरिने कुनै पनि भौतिक संरचना प्राकृतिक प्रकोप वाट मासिने ठाउमा निर्माण नगरिने भएकाले सकभर संस्थाले दिर्घजिवी निर्माण स्थलको खोजिमा लाग्ने भन्दै बालबालिकाहरुको सुनौलो भबिष्य निर्माण ,गर्न सरसफाईलाई गुणस्तर शिक्षाको मेरुदण्डका रुपमा लिई सबै खाले बालबालिका लागि सहज हुने शौचालय निर्माण गरिएको वल्र्ड भिजन इन्टरनेशनल पश्चिम कार्यालय प्रोगराम लिड केशव राज भट्टले बताए ।

वल्र्ड भिजन सरकारको एक परिपुरक अंगका रुपमा काम गर्ने निकाय भएकाले सबै कुरामा सरकार संगै समन्वय र सहकार्य गरि शिक्षा क्षेत्रको सुधारका लागि अगाडी बढने भट्टले बताउनु भयो । बिगत २ दशक देखि समाज रुपान्तरणका लागि बिभिन्न गैर सरकारी संस्थाहरु संगको सहकार्यमा बझाङ्ग जिल्लामा काम गर्दै आएको प्रगतिशिल युवा समाज हाल शिक्षा जिविकोपार्जन लगाएतका परियोजना तयार पारि जिल्लाका बिभिन्न स्थानीय तह र ग्रामिण भेगमा काम गर्दै आएको छ ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ