"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय उत्पादन बेच्न ६ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता

No data was found

Khabar Raftar

जेठ ०८ डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–७ मलासका स्थानीइलाई आफ्ना उत्पादन बेच्न ६ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता रहेको छ । उनीहरुले कुलुम र अम्रिसोको झाडु बिक्री गर्न ६ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता रहेको हो । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–८ स्थित रौटेलामा भेटिएकी ४९ वर्षीया कृष्णा जोशीले डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि महेन्द्रनगर आएको बताईन ।

सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य समान किनेर घर फर्किने बताउदै उनले कुलुम र झाडु बिक्री गरेर दुई हजार कमाएको बताईन । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ गरेको बताउदै उनले गाउँमा खानेपानीको सुविधा पनि नभएको बताईन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्ने बताउदै उनले यतैबाट पानी भरेर लिएको बताईन । उनले कुलुम प्रतिकिलोग्राम ८० देखि एक सयका दरले बिक्री हुने गरेको बताउदै अम्रिसोबाट तयार गरिएको झाडु ६० का दरले बिक्री हुने गरेको बताईन । सडक सञ्जालसँग नजोडिँएको मलासबाट महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा हिड्नु पर्ने बाध्यता रहेको उनले बताईन ।

भौगोलिकरूपले विकट मलासका स्थानीय केरा, आँप, काफल, नासपाती लगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गरेको उनले सुनाईन । खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि ठूला पसल पनि नभएकाले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताईन । गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नु पर्छ, उनले भनिन ।

सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चलेको बताउदै उनले अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता रहेको बताईन । परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगरले बताए ।

जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्र नगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गरेको उनले बताए । गाउँनजिक बैंक   छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ उनले भने । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न नपाएको बताउदै उनले अभावै अभावमा जीवन गुजार्नु परेको बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण