सबै नीतिको माउनीति राजनीति भएको कुरा सबैलाई थाह भएकै कुरा हो । अहिले राजनीतिले नेपाली समाजमा पारेको असरले साँच्चिकै राजनीति फेहरी खेल हो छ भन्ने प्रश्न खडा गरेको छ । हरेक नेता र पार्टीका आआफ्नै ब्याख्या विश्लेषणले नेपालको राजनीति संस्कार फोहरी खेल जस्तै भएको छ । संसदमा देखिएका क्रियाकलापहरु, निर्बाचनमा देखिएका गठबन्धनहरु र सरकारमा देखिएका समस्याहरुले नेपाली राजनीति ओरालो लाग्दै गएको छ ।
२०४७ सालपछि राजनीतिले मारेका फडको फेरी समस्याले जेलीएको छ । त्यतीबेलाको राजनीतिले स्थापित गरेको व्यवस्थाका मूल्य मान्यताहरु खस्कदै गएका छन । जसका कारण तीस बर्षे पञ्चायत ठीक थियो, राजतन्त्र ठीक थियो भन्ने सम्म जनताहरु पुग्न बाध्य भएका छन । सही किसिमले राजनीतिक मूल्य मान्यताको प्रयोग हुन नसकेको अबश्थामा परक फरक विचार र प्रवृत्तिसँग साँठगाँठ गरिनुले पनि राजनीति बेईमान बन्दै गएको छ । दोस्रो जनआन्दोलन २०६२÷०६३ ले नागरिकलाई अधिकार सम्पन्न बनाएको भए पनि त्यसको अनुभूती जनताले गर्न नपाउनु नै राजनीतिले अख्तीयार गरेको बेईमानीले हो ।
राजनीतिकर्मीहरुले यस्ता विषयमा गम्भिर हुन जरुरी छ । राजनीतिक परिवर्तनसंगै नेताको परिबर्तन भए पनि जनताको अबश्था उस्तै भएको बुझन जरुरी छ । राजनीतिलाई बेईमान बनाउने खेल बन्द गरिनु पर्छ । राजनीतिक परिवर्तनले नागरिकहरुलाई शक्ति सम्पन्न बनाउनु पर्नेमा विपन्न बनाएको जस्तो देखिएकाले सुधार आवश्य कछ । नेपाली राजनीतिक नेतृत्व यथास्थितिवादी चरित्रमा रुमल्लिद ै गएकाले गम्भिर हुन जरुरी छ । राजनीतिक नेतृत्वमा पनि परिवर्तन हुन जरुरी छ ।
राजनीतिक प्रणालीले आत्मसात् गरेका मूल्य, मान्यता र असल राज्यले जनतालाई प्रदान गर्नुपर्ने सेवा–सुविधा तथा लाभहरु जनतालाई प्रभावकारी रुपमा वितरण गर्न जरुरी छ । त्यसका लागी राजनैतिक इमानदारीता र कुशल नेतृत्वसंगै जनमुखि नीति हुन जरुरी छ । राजनीतिलाई फोहरी खेलको संज्ञा दिने कुराको अन्त्य गर्न राजनीतिक प्रणाली सञ्चालन गर्ने राजनीतिक नेतृत्व सहि हुन जरुरी छ ।
सत्ताको भाक नभएको, देश र जनताको चिन्ता गर्ने, निक्ष्पक्ष भएर काम गर्ने दुरदर्शी क्षमता भएको नेतृत्वहुन जरुरी छ । पार्टीलाई जनताको पार्टी बनाउन नेतृत्व सहि हुन जरुरी छ । राजनैतिक ईमानदारीता हुन जरुरी छ । राजनीति साँच्चिकै फोहरी खेल हो त ? भन्ने प्रश्नको जवाफ दिन नेताहर्रु ईमानदार बन्न जरुरी छ ।