जेठ ०७ कञ्चनपुर । कञ्चनपुरका मुक्त कमैयाहरुका लागी बगर खेती आम्दानीको स्रोत बन्दै गएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका र कृष्णपुर नगरपालीका जोड्ने वनहरा पुल छेउमा खरले बनेका स–साना छाप्रामा बस्ने मुक्त कमैयाहरुका लागी बगर खेती आम्दानीको स्रोत बन्दै गएको हो । बगर खेती गर्दै आएका उनीहरुका उत्पादन किन्न राजमार्गमा ओहोर दोहोर यात्रा गर्ने यात्रुहरुले खरबुजा, काँक्रा, लौका लगायत तरकारीहरु किनेर लैजाने गरेका छन ।
विपन्न समुदायका नागरिकले राजमार्ग छेउमा रहेको बगरमा तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आए पछि जीविकोपार्जन गर्न सहज भएको बताएका छन । पुस÷माघमा बगरमा रोपिएको तरकारी तयार भए पछि बेच्नका लागि हरेक वर्ष राजमार्ग छेउमा पसल थाप्ने गरेको किसान रामकृष्ण चौधरीले बताए । “बगरखेतीबाट प्रशस्त आम्दानी भइरहेको बताउदै उनले लागत कटाएर दुई लाख सम्म बचत हुने गरेको बताए । दुई बिघा पाँच कठ्ठा जग्गामा बगर खेती गरेको बताउदै उनले बगरखेती सकिए पछि रोजगारीका लागि भारत जाने गरेको बताए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका र कृष्णपुर नगरपालीका जोड्ने वनहरा पुल छेउमा झण्डै एकसय परिवार मुक्तकमैयाको बसोबास रहेको उनले बताए । कमैया मुक्तिको घोषणा पछि पुर्नःस्थापना हुँदा सरकारले पाँच कठ्ठा जग्गा दिएको बताउदै उनले खोला किनारको बलौटे जग्गामा अन्न नफल्ने भएकाले स्थानीयलाई साँझबिहानको छाक टार्न समस्या हुने गरेको उनले बताए ।
त्यसैगरी मान मति रानाले परिवारको पेट पाल्नका लागि बगरमा तरकारी खेती गर्नुपरेको बताइन् । कमाइखान जग्गा नभएको बताउदै रानाले बगर खेतीकै भर पर्नुपरेको बताईन । बगरखेतीबाट सिजनमा दुई लाख सम्म कमाइ हुने गरेको बताउदै उनले यसले छ महिना मात्रै खान पुग्ने बताईन । बाँकी समयमा मजदूरी गरेर जीविकोपार्जन गरिरहेको उनले बताइन् ।
पहिले भारतीय नागरिक आएर बगर खेती गरी तरबुजा, काँक्रा, लौका, फर्सी फलाउने गरेको बताउदै उनले अहिले तरकारी खेती गर्ने भारतीय नागरिक निकै कम आउने गरेको बताईन । जसले गर्दा भारतबाट विषाक्त तरकारी आयात हुन रोकेको बताउदै उनले नेपाली युवाहरुले रोजगारी समेत पाएको उनले बताईन ।