जेठ ०७ अछाम अछामको मङ्गलसेन नगरपालिकाले विद्यूतिय चुल्हो वितरण गर्ने भएको छ । नगरबासीहरुको सहजताका लागि नगरपालिकाले विद्यूतको पहुँच भएका स्थानमा अनुदानमा विद्युतिय चुल्हो वितरण गर्ने भएको हो ।
नगरबासीहरुसँगको लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको नगरपालिकाले जानकारी गराएको हो ।
नगरबासीहरुलाई लागत साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसरकुकर र इन्डक्सन कराही वितरण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए । ८ हजार ५ सय लागत रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्तिले ४ हजार ५ सय मात्र नगरपालिकालाई राजस्व बुझाउनु पर्ने उनले जानकारी गराए ।
Post Views: 54