जेठ ०६ धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा,साहित्य ,कला तथा संस्कृति बिभागले बैठकको आबहान गरेको छ ।
जेठ ६ गते आईतवार बिभागका प्रमुख सुरत रावत डोटेली कान्छाले सूचना मार्फत नेपाली काँग्रेसको बिधानको धारा १३, उपधारा ( १ ) बमोजिम नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनीत विभागिय सदस्यहरुलाई बैठकका लागि अनिवार्य उपस्थिति हुन आग्रह गरेका छन ।
बिभागिय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला बाट मनोनीत बिभागिय सदस्यहरु सहभागी रहने बैठक अर्को शुक्रबार जेठ १८ गतेका दिन बस्ने र बिभागका विभिन्न कार्यक्रमहरु समेत तय गरिने भएको छ ।
Post Views: 158