जेठ ०६ धनगढी । कैलालीमा प्रहरी हिरासतमा रहेका एक जना युवकको मृत्यु भएको छ । भन्सार छलीका सामान सहित जेठ तीन गते पक्राउ गरिएका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको हिरासतमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव यपरिक्षक कविन्द्र बोहराका अनुसार चौधरीलाई जेठ ३ गते भन्सार छलीका सामान सहित पक्राउ गरिएको थियो ।
आइतबार विहान उनको मृत्यु भएको उनले जानकारी गराए । उनले मदिरा सेवन गर्ने गरेको बुझिएको छ ।
Post Views: 94


