"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीमा कठरिया भाषाको कक्षा सञ्चालन

Khabar Raftar

जेठ ०६ धनगढी । कैलालीमा कठरिया भाषाको कक्षा सुरु गरिएको छ । समुदायको भाषा लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि कक्षा सञ्चालन गरिएको हो । कठरिया भाषा सरासर पढ्ने र लेख्ने कक्षा सञ्चालन भए पछि कठरिया समुदायका व्यक्तिहरुलाई सजिलो भएको छ । हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीका विभिन्न ठाउँमा १५ वटा कक्षा सञ्चालन गरिएको बताइएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

एक महिनाका लागि सञ्चालन भएको उक्त कक्षामा कठरिया समुदायको देवनागरीमा लेख्न र पढ्नसक्ने २५÷ ३० जनाको सहभागीता रहेको जनाइएको छ । हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले वैशाख पहिलो सातादेखि कक्षा सुरु भएको जानकारी गराउदै कठरिया समुदायले नेपाली सरासर पढ्न, लेख्न सक्ने, अन्य भाषा मिसाएर बोल्नेलाई एक महिना कक्षा सञ्चालनको व्यवस्था गरिएको जानकारी दिए । कक्षाले अन्य भाषा पढ्न र लेख्नमा अब्बल भएका व्यक्तित्वहरुलाई आफ्नो भाषामा समेत केही कुरा लेख्न र पढ्न उत्प्रेरणा मिल्ने बताइएको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी, गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, कैलारी, बर्दगोरिया गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास रहेको छ । भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी क्षेत्रमा समेत कठरिया समुदायको बसोबास रहेको बताइएको छ । पालिका अन्तर्गत कठरिया समुदाय रहेको मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सिपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, कोंटा, चर्रा, पवेरा र लौसामा कक्षा सञ्चालन भैरहेको उनले बताए ।

तीमध्ये शनिबार चर्रामा कक्षा समापन भएको र अन्य ठाउँमा समेत अन्तिम चरणमा पुगेको फिल्ड सुपरभाइजर कठरियाले जानकारी गराए । कक्षा सञ्चालन गर्नुपूर्व सरोकारवालाहरुको बैठक, स्थलगत सर्वेक्षण, पाठ्यपुस्तक निर्माण लगायत दुईदिने शिक्षक तालिम आयोजना गरिएको उनले बताए ।

कक्षामा सहभागीहरुले आफूहरुले समाजमा विभिन्न समुदायसँगको सङ्गतले र विद्यालयमा समेत देवनागरी लिपिमा पढ्नाले आफ्नो भाषा अल्मलिने अवस्था आएको बताए । उनीहरुले कठरिया समुदायको भाषालाई सरासर पढ्न र लेख्न कक्षाले सहयोग पु¥याएको बताएका छन् । कठरिया समुदायको भाषा, सांस्कृतिक संरक्षणमा समेत सहयोग पु¥याएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ