"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

Search
Close this search box.

गौरीगंगामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गरिदै

Khabar Raftar

जेठ ०५ धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर–३ शिवगंगा नदीमा डोजर लगाएर नगरपालीकाले नदीजन्य पदार्थको दोहन गर्दै आएको हो । नगरपालिकाले डोजर र से १ ग १२४ र से १ ग १२५ नम्बरको टिप्पर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको पाईएको हो । वडा नम्बर ३ को कार्यालयले ग्राभेलका लागि महेन्द्र राजमार्गको शिवगंगा पुल देखि पाँच सय मिटर दक्षिणबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने काम गर्दै आएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

वडा नम्बर ३ का सडकहरूमा ग्राभेल गर्न थालिएको वडासदस्य स्थानीय हरिराम आर्चायले बताए । उनले वडाका सडकहरूमा ग्राभेल गर्न हतार–हतारमा काम गरि रहेको बताए । महेन्द्र राजमार्गबाट पाँच सय मिटर तल खन्न पाउने भनिएकाले आफुले खन्न भनेको उनले बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला समन्वय समितिहरू र स्थानीय तहहरूलाई पठाएको मापदण्ड विपरीत गौरीगंगा नगरपालिकाले नदीजन्य पदार्थको दोहन गर्दै आएको छ ।

ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डको दफा ४ (१०) मा घना बस्ती र वन क्षेत्रको २ किलोमिटर, राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र सङ्कलन गर्न नपाइने उल्लेख गरिएको छ । गौरीगंगा नगरपालिकाले शिवजगंगा नदीको सडक पुलबाट पाँच सय मिटर तल डोजर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले नदीे सङ्कलनको जिम्मा स्थानीय सरकारको भएको बताए ।

स्थानीय तहहरूले नदीजन्य पदार्थको सङ्कलन गर्नु पर्ने बताउदै मापदण्ड विपरीतको काम नहुनु पर्ने बताए । के भएको रहेछ ? प्रहरीलाई पठाएर बुझने उनले बताए । जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेललाई फोन गरेपछि डोजर सहितका टिप्पर पुलबाट एक किलोमिटर तलको दुरीमा लगिएको बताएका छन । नगर प्रमुख कडेलले वडाका जनप्रतिनिधिहरू, डोजरका चालक र टिप्परका चालकहरूलाई मापदण्डको विषयमा जानकारी नभएकाले यस्तो भएको बताएको उनले बताए । उहाँहरूले पुलबाट पाँच सय मिटर तल सोच्नु भएको रहेछ ।

पाँच सय मिटर जतिमा खन्नु भयो । मलाई जानकारी भए पछि एक हजार मिटरमा पठाएको उनले बताए । पुलबाट माथि पाँच सय मिटर र तल एक किलो मिटरमा खन्न नमिल्ने भनेर भनेको उनले बताए । नदीको सतह तल गएकाले शिवगंगा नदीको पुल भासिए पछि सडक डिभिजन कार्यालयले मर्मत गरेको थियो ।

भर्खरै

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित
कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै
कालोपत्रेको पर्खाइमा ग्रामीण सडक
रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति
लागुऔषध सहित चार जना युवक पक्राउ
आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
बैतडीमा चट्याङ लागेर दुईजना घाइते
नायल कृषि सहकारी संस्था लिमीटेडको तेस्रो साधारण सभा सम्पन्न
सांस्कृतिक कुरीति हटाउन बैतडीका दलित बस्तीमा ज्योतिष

धेरै कमेन्ट गरिएको

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bajura-himpat-

पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित

machha

कैलाली र कञ्चनपुरमा १३ सय ७५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै

sadak_35

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

fire

रुगीन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

pakrau-1

लागुऔषध सहित चार जना युवक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

आवासीय विद्यालयले आगो बालेर पठन पाठन गर्दै

baramad_4_0

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

chatyan

बैतडीमा चट्याङ लागेर दुईजना घाइते