"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

Khabar Raftar

जेठ ०५ धनगढी । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीका तीन वटा पालिका टीकापुर, लम्कीचुहा र जानकीका किसानलाई कृषि तथा पशुपालनमा विभिन्न खाले सहयोग गर्दै सघाउदै आएको हो । तीन वटा पालिकामा व्यावसायिक रुपमा बाख्रापालन गर्ने दर्जनौँ कृषि फार्ममा समूह मार्फत सयौँ किसानले बाख्रा पाल्दै आएको बताईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कालिका कृषि तथा पशुपालन फार्म लम्कीचुहा–३ चिसापानीका सञ्चालक भरत न्यौपानेले क्षति कम हुने भएकाले बाख्रापालन किसानको रोजाइमा पर्दै आएको बताए । १५ वर्ष देखि बाख्रापालन गरिरहेको बताउदै उनले हाल ५० वटा बाख्रा रहेको बताए । बाख्रापालन गर्दा उचित बजारको समस्या र बाख्रामा फैलिने नयाँ नयाँ रोगले किसानलाई सास्ती हुने गरेको न्यौपानेले बताए । आधुनिक ढङ्गले बाख्रापालन गर्न किसानलाई चुनौती भएको बताउदै उनले मेहनत गर्ने हो भने बाख्रापालनबाट मनग्य आम्दानी हुने बताए ।

वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको उनले बताए । लम्कीचुहाकै गोरांगेकी गौरादेवी शाहीले पनि २०७४ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएको बताईन । सुक्खायाममा घाँसको अभाव तथा बाख्रालाई निमोनियाको समस्या हुँदा निजी प्राविधिक बोलाउनु पर्ने बताउदै उनले व्यावसायिक रुपमा बाख्रा पालन गर्ने किसानले खोरमै प्राविधिक लैजानु पर्ने उनले बताईन । उपचार पनि खर्चिलो हुने बताउदै उनले विगत र अहिले गरिने बाख्रापालन फरक भएको बताईन ।

चरिचरनको अभाव हुँदा अप्ठेरो भइरहेको उनले गुनासो गरिन । जानकी गाउँपालिका वडा नम्बर–९ का खेमबहादुर चन्दले बाख्रापालन गर्न चरन आवश्यक भएको बताए । चरन अभावमा बाख्रापालन खर्चिलो हुन थालेको बताउदै उनले आहारामा कम लागत कसरी लगाउने भन्नेबारे किसानले योजना बनाउन आवश्यक भएको बताए । त्यसैगरी विसं २०६३ साल देखि गाउँमा बाख्रापालन समूह बनाएर बाख्रापालन गर्दै आएकी टीकापुर नगरपालीका वडा नम्बर–३ रामपुरकी लालमती चौधरीले पनि गर्मीमा सिँचाइ सुविधा नभएकाले घाँसको समस्या रहेको बताईन ।

बर्खामा घाँसको समस्या नहुने बताउदै उनले आजभोलि समस्या हुने गरेको बताईन । तर पनि सजिलो पेसा भएकाले यसमा लागिरहेको उनले बताए । व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई स्थानीय तहमा पशु सेवा शाखा र रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गर्दै आएको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले बताए ।

आयोजनाले बाख्रा फार्म सुधार, जैविक सुरक्षा लगायतमा अनुदान सहयोग गर्दै आएको बताउदै उनले आवश्यकता मध्यनजर गरी किसानले माग गरेमा फार्मलाई एक लाख ५० हजार देखि दुई लाख सम्म ५० प्रतिशत अनुदान सहयोग, साना किसानलाई २५÷३० हजार समूह मार्फत सहयोग गरिरहेको उनले बताए ।

परजीवीविरुद्ध औषधि, मिनिरल, भिटामिन सहयोग गर्ने गरेको बताउदै उनले माग अनुसार सहयोग गरिरहेको उनले बताए । किसानलाई व्यावसायिक बनाउन आयोजनाले विभिन्न सहयोग, अनुदान दिने गरेको बताउदै उनले प्राविधिक ज्ञान र सल्लाह समेत दिने गरेको जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन